महिला भलिबलमा इतिहास रच्न चुक्यो नेपाल
महिला भलिबलमा इतिहास रच्न चुक्यो नेपाल
नेपालले १३औं सागको महिला भलिबलमा स्वर्ण जित्नबाट चुकेको छ ।
मंगलबार भएको निकै रोमाञ्चक खेलमा भारतले नेपाललाई ३–२ को सेटमा हराएको हो ।
पहिलो पटक सागमा फाइनलमा पुगेको महिला भलिबल टोलीको हौसला बढाउन उपपराष्टपति नन्दबहादुर पुन, युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा आफैं त्रिपुरेश्वरस्थित कभर्ड हलमा पुगेका थिए ।
दर्शकहरुको पनि राम्रो समर्थन रहृयो । खेलको पहिलो सेट भारत २५–१७ ले जितेको थियो ।
तर नेपालले उत्कृष्ट पुनरागमन गर्दै दोस्रो सेट २५–२४ र तेस्रो सेट २५–२१ ले जित निकाल्न सफल भयो ।
प्रतिस्पर्धात्मक चौथो सेट भने भारतको पक्षमा रहृयो ।
उसले २५–२०ले जित्यो र अन्तिम सेटबाट स्वर्णको छिनोफोनो हुने भयो ।
तर त्यो सेटमा नेपालले अपेक्षाकृत राम्रो प्रदर्शन गर्न सकेन र १५–६ को हार व्यहो¥यो ।