गोरखाको मकै पर्व

गोरखाको मकै पर्व


बिहिबार, मंसिर १९, २०७६


गोरखाको मकै पर्व

यदु प्रसाद अधिकारी

नेपाल १ सय २५ जातजाति र १ सय २९ भाषाभाषीहरुको बासस्थान हो । यहाँ बसोबास गर्ने           हिमाली भेग देखि तराई           सम्मका जातजातिहरुले आ–आफनो धर्म सस्कृति अनुसार विभिन्न चाडपर्व मनाइरहेका छन् ।



नेपालमा बसोबास गर्ने कलाकौशल र सस्कृतिमा निपूर्ण जाति मध्ये नेवार जाति अग्रपंतिमा पर्दछ । नेपालका हिन्दू बुद्ध, मुस्लिम  आदि धर्मावलम्बीहरुले आ–आफनो धार्मिक संस्कार र पात्र अनुसार चाडपर्व मनाएको देखिन्छ । नेपालका एकादशीहरु मध्ये  असारको एकादशीलाई हरि  शयनी भनी पवित्र मान्दछन् । त्यस दिन तुलसी रोपेर धर्म गर्ने प्रचलन छ ।

कार्तिकको एकादशीलाइ हरि बोधनी एकादशी  भनी पवित्र मान्दछन् । अघिल्लो दिन रातभरि पूजा पाठ गरी पवित्र नदीमा पूmलको टोली तार्ने नुवाई धुवाई गर्ने र दान दक्षिणा गर्ने           काम गर्दछन् । नेवार जातिले भने कार्तिक पूर्णिमालाई  शुभदिन मानेर यस दिनमा विष्णु, नारायण र शिवको आरधना गरेमा पूण्य फल प्राप्त हुन्छ भन्ने विश्वास गर्छन् । पवित्र तीर्थ र हिम रेखाबाट बगेका नदीका संगम स्थलमा  नुहाउँदा शरीर स्वच्छ भई धर्म प्राप्त              हुन्छ भन्ने विश्वास गर्दछन् ।

यस दिनमा गोरखाको बूढीगण्डकी, दरौदी, चेपे र मस्र्याङदी नदीमा भगवानको नाममा बत्ती बालेर बगाउने काम गर्दछन् । यसो गर्नाले पुण्य प्राप्त हुन्छ भन्ने विश्वास गर्दछन् । ११ वटा कौडा किनेर खरिद गरेर राखेर तेज र बेसार लेपन गरी घरको ढुकुटीमा राख्दा धन प्राप्त हुन्छ भन्ने विश्वास गर्दछन् ।

यस पूर्णिमामा चन्द्रमालाई चढाएको अन्न माग महिनामा अन्नको भकारीमा एक दुई वटा गेडा मिसाएर खाएमा आत्मा पवित्र हुन्छ भन्ने विश्वास गर्दछन् । लाख बत्ती बालेको तामाको आरीले भकारीको अन्न झिकेर आएमा फारु र पुण्य हुन्छ भन्ने विश्वास आदिकाल देखि नै नेवारी समाजमा प्रचलित छ । (शख नारायण श्रेष्ठ)

कार्तिक पूर्णिमामा घरको मूलढोकामा आँपको पातको तोरण टाँस्दा सकारात्मक सोच र उर्जा प्राप्त हुन्छ भन्ने विश्वास यी समुदायले गरेको देखिन्छ । शिवलिङ्गमा गाईको दूध र सेतो चामल चढाइ पूजा गदा धर्म प्राप्त हुन्छ र त्यस पछि गरिब निमुखाहरुलाई दान गर्दा पुण्य प्राप्त हुन्छ भन्ने विश्वास गर्दछन् ।

हिन्दू धर्मग्रन्थ र विज्ञानमा वर पिपल र तुलसीमा अक्सिजन हुन्छ, तिनीहरुको पूजा गरेमा रुख र विरुवाको संरक्षण भइ धर्म प्राप्त हुन्छ भनेर जनमानसमा विश्वास देखिन्छ ।

नेपाली समाजमा नेवार जातीका ३ सय ६५ दिन मध्ये ३  सय ६६ चाडपर्व हुन्छ भनेर लोकोक्ति पाइन्छ । मध्य रातमा चन्द्रमा पूजा गरेर अर्घ चढाउनाले पुण्य प्राप्त हुन्छ । त्यस दिनमा उपबास बसी ब्रह्मचर्य रहनाले धर्म प्राप्त हन्छ भन्ने विश्वास पाइन्छ ।

गोरखा जिल्लामा रामशाहको पालामा काठमाडौँ,भक्तपुर र पाटनबाट श्रेष्ठ, मास्के, जोशी आइ बन्द व्यापार र अन्न व्यावसाय अगाडि बढाए । यिनीहरुले ठाउँ ठाउँमा भीमसेनको मन्दिर स्थापना गरेर पूजा चलाए । श्रीकृष्ण           पूजारीको रुपमा जोशीलाई जिम्मा दिए । रथ तान्न श्रेष्ठ, मास्के लगायत सबैले सहभागिता जनाए ।

उपत्यकामा प्रचलित धर्म र सस्कृतिलाइ अपनाइ विभिन्न ठाउँमा प्रचार गर्ने काम यस जातिले गरे । यस जातिले कार्तिकको ठूलो एकादशीको सट्टा पूणर््िामाको दिनलाई पवित्र मानी अरु जातिले गरेर सम्पूर्ण धार्मिक कामहरु पूर्णिमाको दिनमा गर्दछन् ।

त्यसका अलवा रातीको समय मकै लगायत नौ वटा अन्न सुकाउने काम गर्दछन् । २०३२ पूर्व सामुहिक रुपमा यो पर्वलाई नेवार जातीले मनाइरहेको थियो । त्यस पछि घर घरमा मनाए पनि सामुहिक रुपमा मनाउने काम भएको थिएन । ऐतिहासिक  संरक्षण विकास समितिले २०७६ कार्तिक पूर्णिमामा सामुहिक रुपमा मकै सुकाउने पर्व मनाइयो ।   (शुरेसमान श्रेष्ठ )

लोपोन्मुख अवस्थामा पुगेको सामुहिक पर्वलाई प्रचार प्रसार        गरी सम्पूर्ण पोखरीथोक बासीहरुलाई जम्मा गरी सकारात्मक सन्देश दिने काम यसले गरेको छ । दिउसोको समयमा भगवान सूर्यले अन्नको बोट बढाइ पकाउने काम गर्दछन् ।

रातीको समयमा भगवान रुपी चन्द्रमालाई मकै लगायत विभिन्न नौ थरी भन्दा बढीका अन्न चढाउदा पवित्र हुन्छ भन्ने धारणा पाइन्छ । चन्द्रमा र सूर्यलाई चढाउदा विभिन्न देवीदेवताको मूर्ति अन्नबाट बनाइ धुमधामसँग सुकाउने काम गर्दछन् । चामलको खट्टे भुट्ने काम गर्दछन् ।

मकै, चामल, बदाम, मास, तिल, मस्याङ, जुनेलो, केराउ, चना          आदि यी बाहेक अरु अन्न पनि सुकाउने काम गर्दछन् । अन्न सुकाउदा नेवारी भाषामा भजन किर्तन गरी बाजा बजाउने काम पूर्खाहरुले गरेका थिए ।

हाल नेवारी भाषा पोखरीथोकमा बढी प्रचलित नभएकोले नेपाली भाषामा नै भजन किर्तन गर्ने चलन चलेको छ । गणेश, शिव, कृष्ण, कालीको नाममा भजन किर्तन गरी रोजक ढङ्गले नृत्य पनि प्रस्तुत गर्दछन् ।   ( थिरभक्त, मोहनलाल श्रेष्ठ र धिरज बहादुर मास्के )

यस जिल्लामा भव्य र सब्य रुपमा मनाएको मकै सुकाउने पर्वलाई सामुहिक रुपमा मनाउने अभियानलाई अगाडि सारेर पर्वमा रम्न पाउदा नेवारी जाति प्रफुल्ल देखिन्छन् ।

यो मकै सुकाउने पर्वलाई निरन्तर रुपमा मनाउने काम गोरखाली नेवारहरुले अगाडि बढाउन । यो पर्व नेवारको मात्र नभइ सम्पूर्ण गोरखालीहरुको पर्व बनोस् । यसले पर्यटकहरुलाइ विमुग्ध बनाउ सकोस । यसैमा हाम्रो शुभकामना छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda