गोरखाका दुर्लभ चराहरु संरक्षणको पर्खाइमा (फोटो फिचर सहित)
गोरखाका दुर्लभ चराहरु संरक्षणको पर्खाइमा (फोटो फिचर सहित)
कुशल श्रेष्ठ
वैशाखमहिनाको अन्त्यतिर, एउटा अचम्मको चरा गोरखाको लुदीखोलानजिक उड्दै आएको देखापर्यो ।
घाटीमा उन जस्तो सफा सेतो रंगको पक्षतिहुने त्यो चरो लोभीपापी गरुड भनीने गरुड जातको चराहो ।
समुन्द्र सतह देखी ३७०० मिटर सम्मको भुभागमा दक्षिण एसिया र दक्षिण पूर्वीय एसियाली देशहरुमा यो गरुड भेटिन्छ ।
नेपालमाभने तराईका समथर भुभाग देखी ३५०० मिटर सम्मउचाइभएकाठाउ“हरुमा यो चरा पाईएको छ ।
नेपालमापाइने ८ प्रजातिका गरुड मध्ये, लोभीपापी गरुड विश्वमादुर्लभ रनेपालमा संकटउन्मुख अवस्थामा छ ।
वास्तवमागोरखाजिल्ला यस्ता थुप्रै दुर्लभ चराहरुको राम्रो वासस्थानभएको पत्तालाग्दै गएको छ ।
समुन्द्र सतहबाट ३३० मिटर देखि ८,१५६ मिटर उचाइसम्म फैलिएको हिमालीजिल्लागोरखा, जलवायु र वनस्पतिविविधताले भरिपूर्ण भएकोले नै यस क्षेत्रमा चरा विविधता राम्रो रहेको हो ।
जिल्लाको उत्तरी क्षेत्रमाकालचुमान, विरेन्द्रताल, भुलभुले, दुधपोखरी, नारदपोखरी जस्तातालतलैयाहरु रहेका छन् । यस्ता तालतलैयाका साथै जिल्लामा रहेको बुढीगण्डकी, दरौंदी र चेपे नदीले सिमसारमाआश्रित तथा जाडो छल्न पृथ्वीको उत्तरी ध्रुवतिरबाट बसाई–सराई गरेर नेपालआउने गरेका चराहरुको लागि समेत उपयुक्तवासस्थानदिएको छ ।
गोरखालुदी दामगाडे क्षेत्रका चरा र तिनकाचालचलनले मलाई यतीतान्यो कि, पछिल्लो एक बर्ष करीब दशमहिना यिनैलाई पछ्याएर बिताए“ ।
गोरखानगरपालिका, ०८ स्थित लुदी दामगाडे सामुदायिकवनमा ११४ प्रजातीका चराहरु भेटिए । करिव ३०० हेक्टर क्षेत्रफलमा फैलिएको सो वनमाविश्वमै दुर्लभ मानिने डंगर गिद्ध, लोभीपापी गरुड र गोमायु महाचिलका साथै नेपालमामात्रपाइने का“डे भ्याकुर चरा समेत भेटियो ।
गोरखामाका“डे भ्याकुर भेटिएको यो पहिलो पटक हो । लुदी दामगाडेको करिब ४५ किलोमिटर उत्तर पूर्व दिशामाजगत भन्ने ठाउ“ पर्दछ, जहँ“ बाट मनास्लु संरक्षण क्षेत्र सुरु हुन्छ ।
मनास्लुमाहालसम्मकरिब २०१ प्रजातिका चराहरु भेटिएका छन् । लुदी दामगाडेको चरा प्रजाती सङ्ख्याले संरक्षित क्षेत्रभन्दाबाहिर समेत राम्रो चरा विविधता रहेको कुरालाई पुष्टि गरिदिएको छ ।
गोरखाको हकमाभने संरक्षित क्षेत्र बाहिरका चराहरुको अध्ययनतथा संरक्षणमा कुनै निकायको खासै चासो देखिदैन । जस्को कारणले गर्दा जिल्लाको संरक्षित क्षेत्र बाहिर दुर्लभ चराहरु छन् या छैनन् भनेर यकिनहुननपाउदै लोप हुनसक्ने चिन्ताजनक स्थिति छ ।
यस क्षेत्रकाकालिज, तित्रा, लुईचे र लाटोकोेसेरो जस्ता चराहरुको चोरी शिकारी हुने गरेको छ । खेतबारीमा किट्नासकको बढी प्रयोग र जलवायु परिवर्तनका कारणले गर्दा पनिगोरखाका चराहरु खतरामा परेका छन् । स्थानियहरुमापनि चरा संरक्षण कसरी गर्ने भन्ने ज्ञानको अभाब छ ।
चराले बालीसुरक्षा, परागसेचन, वातावरणको सरसफाई तथाबीउको प्रसार गरी किसान र जैबिक वातावरण सन्तुलनमा त योगदानदिएकै छन्, संरक्षण गरेर चरा पर्यटनबाट आर्थिक लाभलिन समेत सकिनेसम्भावना छ । उदाहरणका लागी स्कटल्याण्डलाई लिन सकिन्छ ।
स्कटल्याण्डको एक टापुमा ह्वाइट टेइल्ड इगअ हेर्न भनीबर्षेनीपर्यटकहरु त्यह“ा ८ देखी १२ मिलियन डलर खर्च गर्ने गर्छन् ।
नेपालमै पनि नेपालआउने गरेका पर्यटकहरु मध्ये ७प्रतिशतजति चरा हेर्नकै लागिआउने गरेका छन् भन्ने आकलनगरिन्छ ।
नेपालका चरा हेर्न आउने गरेका त्यस्तापर्यटकहरु प्राय संरक्षितक्षेत्रहरुमा घुम्ने गरेका छन् । त्यस्तै नेपालको विभिन्नजिल्लामा रहेका ७ वटा भल्चर रेष्टुरेण्टहरुले पनि गिद्ध संरक्षण गर्दै चरा पर्यटनबाट आर्थिक लाभलिईरहेका छन् ।
भल्चर रेष्टुरेण्टहरुमा प्राकृतिक कारणले मरेका गाई वस्तुलाई एक निश्चित स्थानमालगि गिद्धलाई खुवाउने गरिन्छ । यसरी राखिएको सिनो खान गिद्धहरु त्यस स्थानमाआउने गर्छन् ।
एकै ठाउ“मा धेरै सङ्ख्या र कहिले काहि धेरै प्रजातीका गिद्धहरु देखिने भएको हुनाले पर्यटकहरु भल्चर रेष्टुरेण्टमा प्रवेश शुल्कतिरि गिद्ध हेर्न र गिद्धको फोटो खिच्नआउने गर्छन् ।
स्थानियकाअनुसार गोरखाको आकाशमा उड्ने चराहरुमाकमीहुदै गइसकेको छ । यसका कैयन कारणहरु होलान् ।
जिल्लाबासी र स्थानीय सरकारले चरा संरक्षण गरी कसरी फाईदा लिने बुझे चरा र मान्छे दुबैको भलो हुने थियो ।
(लेखक चरा अनुसन्धानकर्ता हुन् र हाल ग्रिनहुड नेपालमा आवद्ध छन्)तस्बिरःकुशल श्रेष्ठ









