जीवन ज्योतीले पायो नयाँ भवन
जीवन ज्योतीले पायो नयाँ भवन
भूकम्पले क्षति पुगेको पालुङटार नगरपालिका–७ च्याङली स्थित जीवन ज्योती माध्यामिक बिद्यालयको भवन पुननिर्माण भएको छ ।
सात करोड पाँच लाखको लागतमा भवन निर्माण भएको हो ।राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यान्वयन इकाइ शिक्षा मार्फत निर्माण भएको भवनको शुक्रवार एक कार्यक्रमका बिच नेकपाका प्रवत्ता नारायणकाजी श्रेष्ठले उद्घाटन गरेका छन् । भवनमा कुल १८ कोठा रहेका छन् ।
६ वटा कोठामा ल्याव संचालन गरिने र बाँँकी कोठामा पठनपाठन गराइने बिद्यालयले जनाएको छ । भवन निर्माण भएसँगै पठनपाठनमा सहज हुने बताइएको छ ।