आरुघाटवासीको आन्दोलन स्थगित

आरुघाटवासीको आन्दोलन स्थगित


आइतवार, मंसिर २२, २०७६


आरुघाटवासीको आन्दोलन स्थगित

बुढीगण्डकी आयोजनाले निर्धारण गरेको मुआब्जा प्रति असन्तुष्टी जनाउँदै आरुघाटवासी ले गर्दै आएको आन्दोलन स्थगित भएको छ ।
वार्ता र छलफलको माध्यमबाट माग सम्बोधन गर्ने भन्दै केही दिनका लागी आन्दोलन स्थगित गरिएको बुढीगण्डकी           सरोकार समिति गोरखाका संयोजक जगन्नाथ खनालले बताए ।

‘आज सर्वपक्षिय भेला बसेर स्थानीय स्तरको आन्दोलन स्थगित गर्ने निर्णय ग¥यौ,’ उनले भने, ‘काठमाण्डौमा भएको आन्दोलन भने जारी रहन्छ ।’ मुआब्जा पुनरावलोकन तथा जग्गा वर्गीकरणको पुर्नविचार गर्नुपर्ने माग राख्दै काठमाण्डौको माइतीघर मण्डलामा आन्दोलन हुदै आएको छ । गत सोमवार देखि स्थानीयले आरुघाट बजार बन्द गर्दै आएका थिए । यातायातका साधन चल्न सकेको थिएन भने शैक्षिक संस्था पनि बन्द थियो । शनिवारको निर्णय सँगै आरुघाट बजार खुलेको छ ।



आरुघाट गाउँपालिकाको कार्यालयमा लगाइएको ताल्चा पनि खुलेको बताउदै गाउँपालिका अध्यक्ष पूर्ण दाहालले भने, ‘आज सबै बसेर स्थानीय स्तरको आन्दोलन स्थगित गर्ने निर्णय ग¥यौ, साँझ पाँच बजेपछि बजार पनि खुल्यो, यातायातहरु चल्न थालेका छन् ।’

भेलाले निर्धारित मुआब्जा उचित नभएको भनि आएको गुनासो व्यवस्थापनका लागी गृह मन्त्रालयमा उजुरी हाल्ने निर्णय समेत गरेको अध्यक्ष दाहालले बताए । उनले भने, ‘जग्गा प्राप्ती ऐन २०३४ को दफा २५ को उपदफा ७ बमोजिम             उजुरी हाल्न लागेका हौ ।’            उजुरीका लागी वकिल ल्याएर मिसिल समेत तयार भइसकेको उनले बताए ।

१५ दिन भित्र             उजुरीको उचित किसिमले सम्बोधन नभए जग्गा फुकुवा गर्न माग गर्ने भेलाले निर्णय गरेको              छ । वार्तालाइ पनि जारी राख्ने बताउदै अध्यक्ष दाहालले भने, ‘उर्जामन्त्री सँग छलफल गर्नका लागी वार्ता समिति बनेको छ, समितिमा गोरखा र धादिङका वहालवाला तथा पूर्व माननियहरु, मन्त्रीहरु, गोरखाको आरुघाट गाउँपालिका र धादिङको                  त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष, जिल्ला समन्वय समितिका सदस्यहरु, सम्बन्धित वडाका अध्यक्ष र सरोकार समितिका संयोजकहरु छन् ।’ उक्त समितिले मन्त्रीलाइ भेटेर मुआब्जा              पुनरावलोकन र जग्गा वर्गिकरणको पुर्नबिचार गर्न माग गर्ने उनले बताए ।

बुढीगण्डकी डुवानमा पर्ने आरुघाट लगायतका बजार क्षेत्रको प्रति आना ५० हजार देखि ७ लाख सम्म मुआब्जा तोकिएको छ । आरुघाटको जग्गालाइ दश र आर्खेतको जग्गालाइ दुइ भागमा वर्गिकरण गरिएको छ । आयोजनाले तोकेको मुआब्जा रकम र जग्गा वर्गिकरण प्रति स्थानीयले असन्तुष्टी जनाउदै आएका छन् ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda