गुम्दामा आधुनिक अलैची भट्टी संचालन

गुम्दामा आधुनिक अलैची भट्टी संचालन


आइतवार, मंसिर २२, २०७६


गुम्दामा आधुनिक अलैची भट्टी संचालन

धार्चे गाउँपालिका–५ गुम्दा स्थित यामगाउँका कृषकलाइ लक्षित गरी आधुनिक अलैची भट्टी संचालनमा ल्याइएको छ ।

पोखरी सहकारी संस्थाले उक्त भट्टी संचालनमा ल्याएको हो । ७ लाख ४९ हजार लागतमा अलैची सुकाउने भट्टी निर्माण गरिएको सहकारीका अध्यक्ष मान बहादुर गुरुङले बताए । ‘६ लाख ५० हजार रकम वडाले दिएको हो,’ उनले भने, ‘९९ हजार उपभोक्ता समितिबाट जुटायौ ।’



२०७५ सालबाट भट्टी निर्माणको काम शुरु भएको थियो । गत जेठ महिनामा निर्माण कार्य सम्पन्न भएपनि असोज महिनाबाट संचालनमा आएको उनले बताए । भट्टीमा अलैची सुकाउँदा श्रम र समयको बचत हुने र अलैची पनि              गुणस्तरीय हुने कृषकहरुले बताएका छन् ।

‘यस अघि अलैची घाममा सुकाउथ्यौ,’ गुरुङले भने, ‘अलैची कालो हुने, रंग नआउने र क्वालिटी पनि कम हुन्थ्यो ।’

घाममा अलैची सुकाउन झन्झट समेत हुने                गरेको उनले बताए । आधुनिक भट्टीमा अलैची सुकाउँदा प्राकृतिक रंग र वास्ना हुने र मूल्य पनि बढि आउने उनको भनाइ छ । उक्त क्षेत्रका अलैची खेती गर्ने किसानलाइ लक्षित गरी भट्टी संचालन गर्न सहयोग गरिएको वडाध्यक्ष तुल बहादुर गुरुङले       बताए । उक्त अलैंची भट्टी जिल्लाको पहिलो भएको उनको दावी छ ।

उक्त क्षेत्रका करिब ५० भन्दा बढी घरधुरीले करिब ९  सय रोपनी क्षेत्रफलमा अलैंची खेती गर्दै आएका छन् । स्थानीयले उत्पादन गरेको अलैची सहकारीले जिम्मा लिएर विक्रि वितरण गर्दै आएको छ ।

२०७१ सालमा २५ सय बेर्नाबाट शुरु गरेको अलैची खेती थप विस्तार गर्ने लक्ष्य रहेको सहकारीका अध्यक्ष गुरुङले जानकारी दिए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda