चिनले जिम्मा लिएको बिद्यालय अलपत्र

चिनले जिम्मा लिएको बिद्यालय अलपत्र


आइतवार, मंसिर २२, २०७६


चिनले जिम्मा लिएको बिद्यालय अलपत्र

चिन सरकारले पुननिर्माणको जिम्मा लिएको शहिद लखन गाउँपालिका–४ ताक्लुङको सिंजाली माध्यामिक बिद्यालयको भवन निर्माण कार्य हाल सम्म शुरु भएको छैन ।

सुविधासम्पन्न भवन बनाइ दिने भन्दै २०६८ सालमा सम्झौता गरेको थियो । तर हाल सम्म भवन निर्माण गर्न नआएको बिद्यालयका प्रधानाध्यापक बल नारायण श्रेष्ठले बताए । डा. बाबुराम भट्टराइ प्रधानमन्त्री हुँदा नेपाल आएको चिन सरकारको उच्च स्तरिय टोलीले नेपालको हिमाली क्षेत्रमा दश वटा सुविधा सम्पन्न आवासिय बिद्यालय बनाउने जिम्मा लिएको थियो ।



ती मध्य आठौ नम्वरमा सिंजाली मावि परेको प्रअ श्रेष्ठले              जानकारी दिए । तर हाल सम्म काम शुरु हुन नसकेको प्रति बिद्यालयले चिन्ता व्यक्त गरेको छ ।

‘चिनिया टोली दुई पटक जग्गा हेर्न आयो,’ उनले भने, ‘अन्तिम पटक जग्गा हेरेर गएको पनि डेढ बर्ष भइसक्यो अहिले सम्म केही अत्तोपत्तो छैन ।’ भवन निर्माण नहुँदा अस्थायी टहरामा पठनपाठन गराउन बाध्य भएको उनले बताए ।

भूकम्पका कारण बिद्यालयको ११ कोठे पुरानो भवन भत्किएको बताउदै उनले भने, ‘नयाँ भवन बनाउने जिम्मा लिएको चिन सरकारले अहिले सम्म बनाएको छैन, भवन नहुँदा १ देखि ८ कक्षा सम्म टहरामै पढाउनुपर्ने बाध्यता छ ।’

कक्षा ९ र १० का विद्यार्थीहरु असुरक्षित भनेर स्टीकर टाँसिएको पुरानै भवनमा पढ्न बाध्य रहेको उनले गुनासो गरे । टहरामा पढाउदा जाडोमा अति चिसो र गर्मीमा बढि गर्मी हुदा पठनपाठनमा समस्या हुने गरेको उनले बताए ।

अस्थायी टहरामा एउटा कोठाको आवाज अर्काे कोठामा प्रष्ट सुनिने भएकाले पठनपाठन समेत प्रभावित भएको उनको भनाइ छ । ‘बर्षाको समयमा छाना चुहिएर कक्षाकोठा भित्रै पानी पस्छ, चैत्र बैशाखमा हावाहुरीको समस्या, भवन नभएर साह्रै समस्या भएको छ,’ उनले भने । पटक पटक बिद्यालय व्यवस्थापन समिति, शिक्षक र अभिभावकले पहल गरेपनि वेवास्ता गरेको उनले बताए ।

यो बर्ष पनि भवन निर्माणको काम शुरु हुने नहुनेमा अन्योल रहेको जिल्ला आयोजना कार्यान्वयन इकाइ शिक्षाका प्रमुख विष्णु प्रसाद मिश्रले बताए । ‘यो परराष्ट्र मन्त्रलायले गरेको मन्त्री स्तरीय सम्झौता हो, यो वर्ष शुरु हुने नहुनेमा हामी पनि अन्यौलमा छौ,’ उनले भने, ‘हामीले बनायौ भने भोलि मित्र राष्ट्रको सम्बन्धको कुरा छ, सम्झौता तोड्न पनि     भएन ।’

कुटनीतिक मर्यादा               विपरीत हुन्छ भनेर सम्झौता नतोडिएको उनको भनाइ छ । एक महिना अगाडि मन्त्रालयमा सम्पर्क गर्दा विद्यालय कहिले बन्छ भन्ने एकीन जानकारी नआएको उनले बताए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda