घर नबनाउनेबाट अनुदान फिर्ता लिइने

घर नबनाउनेबाट अनुदान फिर्ता लिइने


मङ्लबार, मंसिर २४, २०७६


घर नबनाउनेबाट अनुदान फिर्ता लिइने

राष्ट्रिय पुनर्निर्माण       प्राधिकरणले लाभग्राही सूचीमा परेकालाई पहिलो किस्ताबापतको रकम बुझ्ने अन्तिम समयावधि पुस मसान्तसम्म निर्धारण गरेको छ ।

लाभग्राही सूचीमा परेका मध्ये ४० हजार ८ सय ३५ जनाले अनुदान सम्झौता नगरेको र १० हजार २ सयले सम्झौता गरेर पनि पहिलो किस्ता नबुझेको भन्दै प्राधिकरणले अन्तिम समय दिएको हो ।



प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार ८ लाख २० हजार ६ सय ९१ घरधुरी लाभग्राही छन् । तीमध्ये ७ लाख ७९ हजार ८ सय ५६ सँग अनुदान सम्झौता गरिएको छ भने ४ लाख ८१ हजारले घर बनाएका छन् । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा बिहीबार भएको छलफलमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले किस्ता बुझेर घर नबनाउनेबाट रकम फिर्ता गरिने बताए ।

पहिलो किस्ता रकम बुझ्नेमध्ये १ लाखभन्दा बढीले निर्माण सुरु गरेका छैनन् । ‘कुनै न कुनै उपाय निकालेर बुझेको रकम फिर्ता गर्छौं, सरकारी निकायले दिने सुविधा वा कुनै सिफारिस              रोक्नेसम्मको उपाय गर्ने तयारीमा छौं,’ उनले भने, ‘यसका लागि पनि पुस मसान्तसम्म समय दिन्छौं ।’

सांसदहरूले राखेको जिज्ञासामा उनले कसैलाई मर्का परेको भए जनप्रतिनिधिबाट      सिफारिस गराउने गरी गुनासोको निवेदन दिने अवसर यसअघि नै दिइएको जानकारी दिए । समितिकी सभापति शशि श्रेष्ठका अनुसार प्राधिकरणले अहिलेसम्म गरेको कामको जानकारी लिने र आवश्यक परे निर्देशन दिने उद्देश्यले छलफल गरेको थियो ।

ज्ञवालीका अनुसार जनप्रतिनिधि आइसकेपछि दोस्रो  चरणमा गरिएको सर्वेक्षण र पुनः जाँचअन्तर्गत २ लाख २९ हजार ४ सय १० धुरीको निवेदन प्राप्त भएकामा ६५ हजारको छानबिन भइसकेको छ । प्राप्त निवेदनमध्ये लगभग २० प्रतिशत मात्र वास्तविक पीडित देखिएका छन् । अब १ लाख २४ हजार २ सय ३९ निवेदनमाथि छानबिन भइरहेको           छ ।

प्राधिकरणले फेरि गुनासोको निवेदन नलिने भएको छ । साँच्चै मर्का परेको भए उच्च अदालतका न्यायाधीशसमक्ष गुनासोको निवेदन दिन सक्ने प्रावधान बनाइएको              छ । ‘अति प्रभावित १४ र अन्य १८ जिल्लाका पीडितले अदालतमा निवेदन दिन सक्नेछन्,’ ज्ञवालीले भने ।

पहिलो किस्ता बुझेर पनि घर नबनाएका विपन्न, एकल महिला, जोखिममा परेका र वृद्धवृद्धाका लागि प्रोत्साहनस्वरूप थप ५० हजार उपलब्ध गराउने नीति रहेको उनले बताए । उनीहरूलाई घर निर्माणमा सघाउन                  प्राधिकरणले ९ सय निर्माणकर्ता र गाउँपालिकामा एक–एक जना सामाजिक परिचालक खटाएको              छ । प्राधिकरणले ६२ प्रतिशत निर्माण पूरा भएको र २४ प्रतिशत निर्माणको चरणमा रहेको             जानकारी दिएको छ ।

प्राधिकरणले गोरखाको बारपाक र सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको                 गौरातीमा भूकम्प स्मारक पार्क बनाइरहेको जानकारी दिएको छ । भूकम्पमा सिन्धुपाल्चोकमा सबैभन्दा धेरै मानवीय र घरको क्षति भएको थियो । by kantipur daily


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda