मुआब्जा पुनरावलोकनको माग गर्दै गृह मन्त्रालयमा उजुरी दिने तयारी
मुआब्जा पुनरावलोकनको माग गर्दै गृह मन्त्रालयमा उजुरी दिने तयारी
बुढीगण्डकी आयोजनाले निर्धारण गरेको मुआब्जा प्रति असन्तुष्टी जनाउदै आएका आरुघाट लगायतका बजार क्षेत्रका स्थानीय उजुरीका लागी आज गृह मन्त्रालय जाने भएका छन् ।
निर्धारित मुआब्जा रकमको पुनरावलोकन तथा जग्गा वर्गिकरणको पुर्नविचार गर्नुपर्ने माग राख्दै मन्त्रालयमा उजुरी दिने बुढीगण्डकी सरोकार समिति गोरखाका अध्यक्ष जगन्नाथ खनालले बताए ।
आज उर्जा मन्त्रालयमा डेलिकेशन समेत जाने उनले जानकारी दिए ।
छलफलका लागी गोरखा र धादिङका वहालवाला एवं पूर्व सांसद, मन्त्री, सम्बन्धित गाउँपालिका र वडाका अध्यक्ष, जिल्ला समन्वय समितिका प्रतिनिधी लगायतको वार्ता टोली बनाइएको छ ।
उक्त टोलीले उजुरी सँगै उर्जा मन्त्री सँग छलफल गर्ने बताइएको छ ।