भ्रमण वर्षमा हेलिकप्टरलाई निषेधित क्षेत्र खोल्न माग
भ्रमण वर्षमा हेलिकप्टरलाई निषेधित क्षेत्र खोल्न माग
वायुसेवा सञ्चालकहरुले नेपाल भ्रमण वर्ष २०२० भर निषेधित क्षेत्रमा निजी हेलिकप्टर निर्वाध हेलिकप्टर उडानको अनुमति दिन माग गरेका छन् ।
सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले वायुसेवा संचालक संघ (आयोन)मा आवद्ध कम्पनीका प्रतिनिधिसँग भ्रमण वर्ष २०२० को सन्दर्भमा छलफल गरेका छन् ।
छलफलमा वायुसेवा सञ्चालक संघका अध्यक्ष रामेश्वर थापाले भ्रमण वर्ष अवधीभर निषेधित क्षेत्रमा हेलिकप्टर कम्पनीलाई निर्वाध सञ्चालनको अनुमति दिन माग गरे ।
लुक्ला जाने पर्यटक रामेछाप विमानस्थल हुँदै जाने भएकाले काठमाडौंदेखि रामेछापसम्मको सडक स्तरोन्नति गर्न पनि उनले सुझाव दिए । छलफलमा मन्त्री भट्टराईले वायुसेवा सञ्चालकलाई विशेष छुट, प्याकेजलगायत कार्यक्रम बनाउन आग्रह गरेका थिए ।
भ्रमण वर्षको उद्घाटनमा ‘एयर सो’ लगायत सिर्जनात्मक सहयोग गर्न पनि उनले आग्रह गरे ।