उपाध्यक्ष कोसेली कार्यक्रम स्वागतयोग्य
उपाध्यक्ष कोसेली कार्यक्रम स्वागतयोग्य
स्वास्थ्य संस्थामा सुत्केरी गराउने दर बढाउन बारपाक सुलिकोटले शुरु गरेको उपाध्यक्ष कोसेली कार्यक्रम स्वागतयोग्य छ । कार्यक्रम लागू भएसँगै स्वास्थ्य संस्थामा सुत्केरी गराउने मात्र होइन नियमित गर्भ जाँच गराउने पनि बढेकै छन् ।
यसले सुरक्षित सुत्केरी गराउन मद्धत पु¥याउछ । आमा र नवजात शिशुको स्वास्थ्य अवस्था पनि राम्रो रहन्छ ।
जिल्लाका कतिपय ठाउँमा अझै पनि घरमै सुत्केरी गराउने प्रचलन हावी छ ।
स्वास्थ्य संस्थामा जानुपर्छ भन्ने चेतनाको अभाव देखिन्छ । नियमित गर्भ जाँच गर्न पनि खासै चासो दिदैनन् ।
जसले गर्दा मातृ तथा शिशु मृत्युदर बढ्न सक्छ ।
त्यसेले स्वास्थ्य संस्थामा सुत्केरी गराउन अभिप्रेरित गर्नका लागी जनचेतनामूलक कार्यक्रमहरु गाउँगाउँमा पु¥याउनुपर्छ । बारपाक सुलिकोट गाउँपालिको जस्तै प्रोत्साहन गर्ने खालका कार्यक्रम पनि संचालन गर्न सके स्वास्थ्य संस्थामा सुत्केरी गराउने र नियमित गर्भ जाँच गराउन महिलाहरु प्रेरित हुने थिए की ?