प्याज खेति बिस्तार गर्दै गाउँपालिका
प्याज खेति बिस्तार गर्दै गाउँपालिका
पालिका क्षेत्रभित्र प्याज खेति बिस्तार गर्नका लागी बारपाक सुलिकोट गाउँपालिकाले बिशेष कार्यक्रम ल्याएको छ ।
खेती बिस्तारका लागी कृषकहरुलाइ विउ वितरण गरिएको कृषि प्राविधिक आशा चौधरीले बताइन् ।करिव ३५ केजी प्याजको बिउ निशुल्क वितरण गरिएको उनले बताइन् ।
‘बिउ पाउनुभएका किसानहरुले नर्सरी बनाएर विरुवा उत्पादन गर्नुहुन्छ,’ उनले भनिन्, ‘उत्पादन भएको बिरुवा बेच्नुहुन्छ ।’
एक केजी प्याजबाट करिव १५ हजार बिरुवा उत्पादन हुने उनको भनाइ छ । प्याज खेती बिस्तारका लागी गाउँपालिकाले चालु आर्थिक बर्ष एक लाख रकम छुट्याएको छ ।
गाउँपालिकाको हुडिफाँट, पाँचखुवा देउराली, पन्द्रुङ लगायतका ठाउँमा प्याज उत्पादन राम्रो हुने चौधरीले बताइन् ।
पालिकाभर करिव सात रोपनी क्षेत्रफलमा प्याज खेती हुदै आएको उनको भनाइ छ ।
प्याज खेति बिस्तार गर्दै आत्मनिर्भर बनाउने लक्ष्य रहेको उनले बताइन् । बजारमा प्याजको मूल्य आकाशिएकाले प्याज खेतिमा आत्मनिर्भर हुन सके स्थानीयलाइ पनि फाइदा हुने उनले बताइन् ।