फुटबल प्रशिक्षण केन्द्रका लागि गोरखामा कृत्रिम घाँसे मैदान बन्ने

फुटबल प्रशिक्षण केन्द्रका लागि गोरखामा कृत्रिम घाँसे मैदान बन्ने


शुक्रबार, मंसिर २७, २०७६


फुटबल प्रशिक्षण केन्द्रका लागि गोरखामा कृत्रिम घाँसे मैदान बन्ने

गोरखा नगरपालिका–९ दलभन्ज्याङमा फुटबल प्रशिक्षण केन्द्रका लागि कृत्रिम घाँसे मैदान बन्ने भएको छ । हाल भइरहेको मैदानमा द ओसन क्लबको अगुवाइमा कृत्रिम घाँस बिछ्याउन लागिएको हो ।

फिफाको अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको कृत्रिम घाँस बिछ्याइने क्लबका अध्यक्ष अमित खत्रीले बताए । कृत्रिम घाँस चाइनाबाट ल्याउने तयारी भइरहेको उनले बताए । ‘नविन पाण्डेको संयोजकत्वका पाँच सदस्यीय व्यवस्थापन समिति निर्माण भएको छ,’ उनले भने, ‘घाँस ल्याउनेदेखि सबै व्यवस्थापन गर्ने सबै काम समितिले गर्छ ।’ घाँस खरिद गर्न १६ लाख लाग्ने उनले बताए ।



मैदानको बिहीबार गण्डकी प्रदेश सांसद हरिशरण आचार्य र गोरखा नगर प्रमुख राजनराज पन्तले संयुक्त रुपमा शिलान्यास गरेका छन् । ३१ लाख २२ हजार रकम खर्च हुने अनुमान क्लबको छ ।

‘अहिले सम्म १८ लाख रकम जुट्यो,’ उनले भने, ‘बाँकी रकम जुटाउन सहयोगको आव्हान गरिरहेका छौ ।’ प्रदेश सांसद आचार्यले प्रदेश सांसद कोषबाट आठ लाख दिएको उनले बताए । गोरखा नगरपालिकाले सात लाख रकम उपलब्ध गराएको छ । वडा कार्यालय र पालुङटार नगरपालिकाले एक/एक लाख दिने आश्वासन दिएका छन् ।

कृत्रिम घाँसे मैदान बनेसँगै युवा फुटवल प्रशिक्षण कार्यक्रम नियमित संचालन गर्न सहज हुने खत्रीले बताए । उनले भने, ‘अहिले ४० जनालाइ फुटवल प्रशिक्षण दिदै आएका छौं, तर मैदान व्यवस्थित नभएका कारण नियमित हुन सकेको छैन ।’ वर्षाको समयमा खेल गर्न नसकेको बताउँदै उनले थपे, ‘कृत्रिम घाँसे मैदान बनेपछि प्रशिक्षणलाई नियमित गर्न कुनै समस्या हुँदैन ।’

४६ मिटर लम्वाई र २३ मिटर चौडाईको मैदान बनेपछि ‘सेभेन ए साइड’ फुटवल प्रतियोगिता सञ्चालनमा समेत सहज हुने अपेक्षा गरिएको छ । चार महिनाभित्र मैदान बनाइसक्ने योजना क्लबको छ । मैदानका लागी गोरखा नगरपालिकाले निशुल्क जग्गा उपलब्ध गराएको हो । ‘अहिले सात रोपनी मात्र मैदानका लागी प्रयोग गरेका छौ, अन्य जग्गा लिएर स्विमिङ पुल, जिम हल सहितको भवन बनाउने योजना छ,’ उनले भने । मैदानलाई भाडामा पनि प्रयोग गर्न सकिने उनको भनाइ छ । शिलन्यास कार्यक्रममा बोल्दै नगर प्रमुख पन्तले उक्त मैदानलाइ नगर क्षेत्रकै नमूना फुटवल प्रशिक्षण केन्द्र बनाउने बताए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda