नेपाली भूमीमाथिको थिचोमिचो सहदैनौ ः मन्त्री भट्टराई
नेपाली भूमीमाथिको थिचोमिचो सहदैनौ ः मन्त्री भट्टराई
नेपाली भूमीमाथि आँखा नलगाउन संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराइले छिमेकी देशलाइ आग्रह गरेका छन् ।
शनिवार गोरखा नगरपालिका–४ पिपलथोकमा निर्माण भएको भीमसेन थापाको शालिक अनावरण गर्दै उनले मातृभूमी माथिको थिचोमिचो नेपालीलाइ सह्य नहुने बताए ।
केही समय अघि नेपालको भूमी लिपुलेक र लिम्पियाधुरा समावेश गरी भारतले नक्सा सार्वजनिक गरेको थियो ।
‘हाम्रा सिमामा समस्या छन्, कहिले कालापानी कहिले टिष्टा लुकेका हुन्छन्,’ उनले भने, ‘म छिमेकी देशलाइ भन्न चाहन्छु आजको एक्काइसौ शताव्दीमा एक अर्काबिच मिलेर जानुपर्छ, युद्ध होइन शान्ति आवश्यक छ ।’
आपसी समस्यालाइ वार्ता र संवादको माध्यमबाट समाधान गर्न आग्रह गर्दे उनले थपे, ‘हामी कसैको भूमीमाथि आँखा लगाउदैनौ, हाम्रो भूमीमाथि पनि थिचोमिचो नहोस् ।’
भारत र चीन प्रति अंकित गर्दै मन्त्री भट्टराईले विश्वलाइ जित्न हिडेका शक्ति राष्ट्रले छिमेकीको सामान्य एक टुक्रा जमिनमाथी हस्तक्षप गर्न नसुहाउने बताए ।
उनले भने, ‘इतिहास हेरौ, सत्य बुझौ, इतिहासले र तथ्यले के बताउछ त्यसकै आधारमा भूमी कस्को हो एकीन भइहाल्छ ।’
नशामा एक थोपा रगत रहुञ्जेल देशको माटो मिच्न नदिने बताउदै उनले देशको रक्षा गर्न सबै नेपाली तयार रहेको सचेत गराए ।अनावरण गरिएको भीमसेन थापाको शालिक प्रति हेर्दै मन्त्री भट्टराइले भने, ‘कम्मरमा पटुकी र हातमा तरवार लिएर उभिनुभएको थापाको शालिकले पुर्खाले लडेर जोगाएको देश अबका पुस्ताले जोगाउन सक्छन् की सक्दैनन् भनेर हामीलाइ प्रश्न गरिरहेको छ ।’
माटोको रक्षाका लागी सदैव तयार रहेको बताउदै मन्त्री भट्टराइले त्यसका लागी एकताको खाचो रहेको बताए ।