पर्यटन प्रवद्र्धनमा टेवा पु¥याऔ
पर्यटन प्रवद्र्धनमा टेवा पु¥याऔ
जिल्लामा सम्भावित पर्यटकीय गन्तव्य स्थल छनोट गरेर पठाउन गण्डकी प्रदेशले महिनौ अघि निर्देशन दिइसकेको छ । बारम्वार ताकेता पनि गरिरहेकै छ । तर जिल्लाका कतिपय स्थानीय तहले सम्भावित स्थल छनोट गरेर अझै पठाउन सकेका छैनन् ।
स्थान छनोट गरेर पठाएका केही स्थानीय तहले आवश्यक विवरण बुझाउन बाँकी नै छ । पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने यस्ता काममा ढिलाइ गर्नु पक्कै उचित होइन ।
भ्रमण बर्ष २०२० मा करिव २० लाख पर्यटक भित्र्याउने लक्ष्य सरकारको छ । गण्डकी प्रदेशको आन्तरिक पर्यटन बर्ष २०१९ जारी छ । नेपाल राज्य स्थापनाको उद्मग थलो गोरखामा पर्यटन प्रवद्र्धनको सम्भावना नरहेको हुदै होइन ।
तर यहाँका पर्यटन व्यवसायी भन्ने तर सिन्को नभाच्ने प्रवृतिका कारण गोरखा पछि परेको भन्दा दुइ मत नहोला । यो बेला जिल्लामा पर्यटन प्रवद्र्धन गर्न सक्ने ठुलो सम्भावना छ ।
त्यसका लागी ओझेलमा परेका पर्यटकको गन्तव्य स्थलहरुलाइ उजागर गरी प्रचारमा ल्याउनु आवश्यक देखिन्छ । पर्यटकको रोजाइमा पर्ने जिल्लामा थुप्रै स्थानहरु छन् जुन प्रचारको अभावमा ओझेलमा पर्दै आएको छ ।
आफ्नो स्थानीय तहमा रहेको सम्भावित स्थलको प्रवद्र्धनमा जुट्नुपर्ने स्थानीय तहले प्रदेश सरकारबाट माग भएको विवरण बुझाउन पनि ढिलाइ गरिरहनु पालिकाकै लागी वेफाइदाको कुरा हो । त्यसैले समयमै विवरण बुझाएर जिल्लामा पर्यटन प्रवद्र्धन गर्न तर्फ स्थानीय तहहरुले तदरुपता देखाउनुपर्ने बेला आएको छ ।