गोरखा गेटमा लखन थापाको शालिक राख्न माग
गोरखा गेटमा लखन थापाको शालिक राख्न माग
गोरखा नगरपालिकाद्धारा मझुवामा निर्माणाधिन गोरखा गेटमा शहिद लखन थापाको शालिक राख्न नेपाल राष्ट्रिय मगर संघ जिल्ला कार्यसमितिले माग गरेको छ ।
वुधवार जिल्लामा भएको तेस्रो अधिवेशनले जारी गरेको घोषणापत्रमा शालिक राख्न नगरपालिकालाइ आग्रह गर्ने बताइएको छ । पाँच वुँदे घोषणपत्रमा भारतले अतिक्रमण गरेको नेपाली भूमी तत्काल फिर्ता गर्न माग गरिएको छ ।
मगर समुदायको भाषा र संस्कृती जर्गेनाका लागी बिभिन्न अभियान चलाउने निर्णय भएको संघका निवर्तमान अध्यक्ष कृष्ण बहादुर आलेले बताए ।
मगरहरुको बसोबास रहेका हरेक स्थानीय तह र मातहतका वडामा संगठन बिस्तार गर्ने निर्णय समेत भएको उनले जानकारी दिए । अधिवेशनले माधव थापा मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
जसको उपाध्यक्षमा रुद्रबहादुर पूलामी मगर, सचिव लोकबहादुर थापा मगर, कोषाध्यक्ष कुमारी देवी थापामगर, सहसविच शंकरबहादुर थापामगर रहेका छन् ।
सदस्यहरुमा मोहनबाबु थापामगर, जगन बहादुर थापा मगर, बृहस्पती आले मगर, पे्रमबहादुर थापा मगर, सूर्य जिरेल मगर, सुवास थापा मगर, दिल राना मगर, अमृत थापा मगर, भुजमान थापामगर रहेका छन् ।