नारायणगढ मुग्लिन सडकखण्ड २२ गतेसम्म दिउँसो बन्द हुने

नारायणगढ मुग्लिन सडकखण्ड २२ गतेसम्म दिउँसो बन्द हुने


शुक्रबार, पुस ११, २०७६


नारायणगढ मुग्लिन सडकखण्ड २२ गतेसम्म दिउँसो बन्द हुने

नारायणगढ मुग्लिन सडकखण्ड अब २२ गतेसम्म दिउँसोको समयमा बन्द गरिने भएको छ । सडक खण्डको आठ ठाउँमा पहिरो रोकथाम गुर्नुपर्ने र सडक सुरक्षालाई ख्याल गर्दै शुक्रबार बसेको सुरक्षा समितिको बैठकले पुस २२ गतेसम्म दिउँसोको समयमा बन्द गरेर काम गर्ने निर्णय गरेको हो ।

गएकाे मंसिर २७ गतेदेखि पुस ११ गतेसम्मका लागि बन्द गरेर काम भएकाे भए पनि काम नसकिएपछि फेरि समय थप गर्ने निर्णय भएकाे हाे । बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी आवागमन बन्द गरेर आवश्यक ८ स्थानमा पहिराे राेकथामकाे लागि काम गरिने आयोजनाका इञ्जिनियर एवं सूचना अधिकारी शिव खनालले जानकारी दिनुभयो ।



सडक खण्डको गाईघाट, १८ किलो, घुमाउने, भालुढुंगा, जलबिरे, चारकिलो, टोपेखोला र कालिखोला क्षेत्रमा पहिरो रोकथामको काम हुँदैछ । १३ करोड रुपैयाँको लागतमा बज्रगुरु हिमशिखर न्यु टेक्निकल जेभीले काम गरिरहेकाे खनालले बताउनुभयो ।

सडक बन्द गरेर आठ स्थानमा रकनेटिङ, बोल्टिङ र बायो इन्जिनियरिङ प्रविधिबाट पहिरो रोकथामको काम भइरहेको खनालले जानकारी दिनुभयो । विश्व बैंकको ऋण सहयोगमा एसियन हाइवे स्टान्डर्डको डबल लेनमा स्तरोन्नति भइसकेको भए पनि सडक क्षेत्रमा पहिरो राेकथामका लागि आवश्यक संरचना निर्माणकाे काम बाँकी रहेको थियो ।

पहिरोको जोखिम क्षेत्रबाट ढुंगा झार्ने काम ७० प्रतिशत सकिएको जानकारी दिँदै खनालले काम गर्ने अवधि छ महिना तोकिएको भए पनि यही स्तरमा कामको गति अगाडि बढे साढे तीन महिनामा काम सकिने बताउनुभयो ।

नारायणगढबाट मुग्लिनतर्फ आउने सवारीसाधनमध्ये यात्रुवाहक मिनिबस, माइक्रो बस, साना सवारीसाधनलाई पन्ध्र किलो बजारमा र मालवाहक सवारी ट्रक, लरी, टेलर, टिप्पर र ट्यांकरलाई दासढुङ्गामा रोकिने खनालले बताउनु भयो ।

आयोजनालाई यस अगाडि दुई हप्ताको समय दिइएकाे भए पनि काम नसकिएपछि र फेरि ११ दिनको म्याद थप गरिएकाे चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताउनुभयो । आयाेजनाले दुई हप्ताको  समय माग गरेको थियाे ।

मुख्य राजमार्ग भएकाले थप भएको समयभित्रै काम सक्नेगरी स्रोत, साधन प्रयोग गरेर काम गर्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनुभयो । पोखराबाट काठमाण्डौ आवतजावत गर्ने सवारी साधन नरोकिने पनि उहाँले स्पष्ट पार्नुभयाे ।

नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरोग्रस्त क्षेत्र भनेर ३२ ठाउँ तोकिएको छ । त्यसमध्ये २४ स्थानमा पहिरो रोकथामको काम यसअघि नै भइसकेको छ । यसअघि सडक स्तरोन्नति ठेक्काबाट १२ र पहिरो रोकथाम ठेक्काबाट १२ स्थानमा पहिरो रोकथामको काम भएको आयोजनाले जनाएको छ । by ujyaaloonline


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda