दलित एकता समाजको अध्यक्ष कपिल
दलित एकता समाजको अध्यक्ष कपिल
गोरखा नगरपालिका–९ को सिर्जनशील दलित एकता समाजको अध्यक्षमा कपिल नेपाली चयन भएका छन् । शनिबार भएको पहिलो अधिवेशनले नेपालीको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको हो ।
समाजको उपाध्यक्षमा राम बहादुर सुनार, सचिवमा दिपक सिर्मल, कोषाध्यक्षमा सानुमाया रम्तेल, सहसचिवमा अमृत परियार चयन भएका छन् ।
सदस्यहरुमा राजेन्द्र सिर्मल, मिस्टर विक, पवि विक. गणेश रिमाल, कल्पना परियार र रामकाजी सिर्मल रहेका छन् । दुइ वर्षे कार्यकालको लागि समिति चयन भएको हो ।