भुमिहिन भूकम्पपिडितका घर अझै वनेनन्
भुमिहिन भूकम्पपिडितका घर अझै वनेनन्
अधिकाशं भुमिहन भूकम्प पीडित जग्गा खरिदको रकम नपाउदा घर बनाउन पाएका छैनन ।
जिल्लामा दुइ सय १३ भुमिहिन भूकम्प पीडित पहिचान भएका छन् । ति मध्ये भूकम्प गएको चार वर्ष बितिसक्दा ६३ जनाले मात्र जग्गा खरिदका लागी दुइ लाख पाएका हुन ।जोखिम युत्त वस्तीका पाँच सय २६ मध्ये चार सय तिनले जग्गा खरिद गर्न दुइ लाख पाएका छन् । जोखिम र भुमिहन लाभाग्राहीलाई जग्गा खरिदका लागी दुइ लाख उपलब्ध गराउने प्रावधान छ ।
स्थानीय तहबाट सिफारिस भएर आएका भूमिहिन भूकम्प पीडितको सुचि पुननिर्माण प्राधिकरको केन्द्रमा पठाएको जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान ब्यवस्थापन तथा स्थानीय पुर्वाधारको कार्यालय गोरखाले जनाएको छ ।
घर नवन्दा चार हिउद र वर्खा उनिहरु अस्थयी टहरेमा काट्न बाध्य छन् । निर्माण सामाग्री महङ्गो हुदा सरकारी अनुदान तिन लाखले घर निर्माण गर्न अपुग हुने अधिकाशं भूकम्प पीडितको गुनासो छ ।
विशेष गरि उपल्लो क्षेत्रमा निर्माण सामाग्री ढुवानी महङ्गो पर्ने गरेको छ । सडक सञ्जालले नछोएका गाउँमा खच्चडबाट निर्माण सामाग्री ढुवानी हुदै आएको । खरिद भन्दा ढुवानी मुल्य तेब्बर सम्म वढी पर्ने गरेको उनिहरुको गुनासो छ । त्यस्तै भूकम्पले भत्काएको गुम्वा पुननिर्माण पनि हुन सकेको छैन ।
९१ गुम्वा पुननिर्माण र १३ गुम्वा मर्मत गर्नुपर्ने छ । ति मध्ये हाल सम्म एक गुम्वा पुननिर्माणको लागी सम्झौता भएको भूकम्प पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान ब्यवस्थापन तथा स्थानीय पुर्वाधारको कार्यालय गोरखाका प्रमुख रामशरण आचार्यले बताए ।
मर्मत गर्नुपर्ने १३ मध्ये सात गुम्वाको मात्र सम्झौता भएको उनले बताए ।
वजेट तथा कार्यक्रम ढिला प्राप्त हुदा गुम्वा पुननिर्माण हुन नसकेको उनले बताए । डिजाइन तथा लागत अनुमान प्राप्त नभएको उनले बताए