स्वास्थ्य प्रवद्र्धन अभियान संचालन
स्वास्थ्य प्रवद्र्धन अभियान संचालन
स्वास्थ्य कार्यालयले स्वास्थ्य प्रवद्र्धन अभियान कार्यक्रम संचालनलाइ तिव्रता दिएको छ ।
केही दिन अघि पालुङटारको च्याङलीमा कार्यक्रम गरेको कार्यालयले सोमवार शहिद लखन गाउँपालिका–८ मैलुङमा कार्यक्रम गरेको छ ।मानिसको खानपान र आनिवानीमा सुधार गरी स्वस्थ्य जिवनयापनका लागी अभियान संचालन गरिएको जनस्वास्थ्य निरिक्षक नानीवावु दानीले बताए ।
कार्यक्रमको अवसरमा स्थानीयको ब्लड सुगर, युरिन प्रोटिन र बिएमआइ (उचाइ अनुसारको तौल) परिक्षण गरिएको उनले जानकारी दिए । ‘४८ जनाको बिएमआई जाँच गर्दा उचाइ अनुसार बढी तौल हुने १६ जना, कम तौल हुने ५ जना भेट्यौ,’ दानीले भने, ‘१४ जनामा मोटोपन भेटियो, बाकी १३ जना नर्मल देखिए ।’
प्रेसर जाँच गर्दा १३ जनामा उच्च रक्तचाप देखिएको उनले बताए ।
पाँच जनामा सुगरको मात्रा बढी पाइएको उनले जानकारी गराए । वडाध्यक्ष काशिनाथ अम्गाइको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य कार्यालयकी प्रमुख जनस्वास्थ्य अधिकृत बिद्या तामाङले मधुमेह रोग सम्बन्धी सहजिकरण गरेकी थिइन् ।
कार्यालयका परिवार नियोजन सुपरभाइजर निरिक्षक बिर बहादुर श्रेष्ठले नसर्ने रोग क्यान्सर सम्बन्धी सहजिकरण गरेका थिए । उक्त अभियान जिल्लाको सबै पालिकामा संचालन गर्ने लक्ष्य रहेको जनस्वास्थ्य निरिक्षक दानीले बताए ।