गोरखामा मनाइयो तमु ल्होसार ः मृग वर्गलाई बिदाई मुसालाइ स्वागत (फोटो फिचर)

गोरखामा मनाइयो तमु ल्होसार ः मृग वर्गलाई बिदाई मुसालाइ स्वागत (फोटो फिचर)


मङ्लबार, पुस १५, २०७६


गोरखामा मनाइयो तमु ल्होसार ः मृग वर्गलाई बिदाई मुसालाइ स्वागत (फोटो फिचर)

१५ पुसलाई नयाँ वर्ष मान्ने गुरुङ समुदायको परम्परा अनुसार मंगलवार तमुल्होसार मनाइएको छ ।



मृग (फो ल्हो) वर्गलाई विदाइ गर्दै मुसा (च्यू ल्हो) वर्गलाइ स्वागत गरिएको तमु ह्यूल छोज धी का पूर्व अध्यक्ष टेक बहादुर गुरुङले बताए ।

‘पुष १४ गते राती १२ बजेपछि खेमा राखेर वत्ती बाल्ने परम्परा छ,’ उनले भने, ‘यो रात लामो हुने भएकाले वत्ती वालेपछि रोटी, तरुलहरु खाइरहन्छौ ।’ उक्त रात लामो भएकै कारण आहारको अभावमा फिष्टे चरा तिन मुर्छा परेर कराउने धार्मिक विश्वास रहेको उनको भनाइ छ ।

पुष १६ गते चेलीवेटीलाइ र इष्टमित्रलाइ बोलाएर बिभिन्न परिकार बनाइ खुवाउने प्रचलन रहेको उनले बताए । उनका अनुसार ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको छ ।

‘पहिले कपडा लगाउने चलन थिएन, रुखको पात र स्याउलाले शरिर ढाक्थे,’ उनले भने, ‘आजको दिनदेखी जाडोबाट बाच्यौ भन्ने खुशीयालीमा पनि यो पर्व मनाउने गरेको धार्मिक विश्वास छ ।’

पर्वको अवसरमा मंगलवार जिल्लामा विविध कार्यक्रम भएको छ ।

तमु ह्यूल छोज धी गुरुङ्ग राष्ट्रिय परिषद नगर कार्यसमिति गोरखाको आयोजनामा हरमटारी खेलमैदानमा कार्यक्रम भएको हो ।

कार्यक्रममा गुरुङ समुदायको भेषभुषा र संस्कृती झल्कने बिभिन्न सांस्कृतीक प्रस्तुतीहरु देखाइएको छ । कार्यक्रम पूर्व हरमटारीबाट गोरखा बसपार्क सम्म ¥याली निकालिएको थियो ।

¥यालीमा स्यार्गा, घ्यावृँ र लामा नाँच प्रस्तुत गरिएको थियो । स्यार्गा र घ्यावृँ मुत्यु संस्कारमा प्रस्तुत हुने नाँच रहेको गुरुङले बताए ।

‘मरेको मान्छेको आत्माले शान्ति पाओस् भनेर यो नाँच नाच्ने चलन छ, यो हाम्रो परम्परा र संस्कृती पनि हो,’ उनले भने, ‘स्यार्गा नाच्दा भांग्रा, कछाड, भोटो र स्टकोट लगाइन्छ भने घ्यावृँ नाँँच्दा छेर्कु (वरगेन), जामा लगाइन्छ ।’ परापूर्वकालमा गुरुङ समुदायले वर्षलाई गन्न १२ जनावरको नामबाट वर्षको नामाकरण गरेका थिए ।

मुसापछि गाई, बाघ, बिरालो, सुगा, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र मृग गरी १२ जनावरका नामबाट वर्षको नामाकरण गरिएको हो । ‘‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ ।

गुरुङ समुदायको बाहुल्यता रहेको गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।

यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाउन शुरु गरिएको विश्वास गरिन्छ । पर्वको अवसरमा गण्डकी प्रदेशले सार्वजनिक बिदा दिएको छ ।

 


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda