प्रहरीलाई बिद्यार्थीको आग्रह ः रातमा गस्ती बढाउनुस्, व्यवहार सुधार गर्नुस्
प्रहरीलाई बिद्यार्थीको आग्रह ः रातमा गस्ती बढाउनुस्, व्यवहार सुधार गर्नुस्
जिल्ला प्रहरी कार्यालयले वुधवार गोरखा नगरपालिका–९ लक्ष्मीबजारको द्रव्यशाह बहुमुखी क्याम्पसमा सचेतना तथा अन्तरक्रिया कार्यक्रम ग¥यो । कार्यक्रममा सहभागी विद्यार्थीहरुले बिभिन्न गुनासो र समस्या सुनाए ।
यातायात क्षेत्रमा देखिएको समस्या सुनाउँदै क्याम्पसका छात्र अविन श्रेष्ठले भने, ‘बिहान कलेज बस छुट्यो भने अरु गाडी पाउनै समस्या हुन्छ, फेरी हामीलाई चढाउन पनि खोज्दैनन् ।’
जिल्लामा चल्ने भाडाका सवारीले छोटो दुरीका यात्रुलाइ चढाउन आनाकानी गर्ने गरेको अधिकांश बिद्यार्थीको गुनासो थियो । रातको समयमा अपराधिक क्रियाकलाप हुन सक्ने भन्दै गल्ली गल्लीमा गस्ती बढाउन उनीहरुले आग्रह समेत गरेका छन् ।
क्याम्पसका स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) उपसभापति शिवहरी तिमिल्सिनाले प्रहरीले गर्ने व्यवहारमा सुधार गर्न आग्रह गरे । ‘केही काम बिशेषले रातको समयमा हिड्नुप¥यो भने प्रहरीले हप्काउँदै सोधपुछ गर्छ, त्यो वानीमा सुधार गर्नु आवश्यक देखिन्छ,’ उनले भने ।
क्याम्पसका अर्का छात्र निशान अम्गाइले बिद्यालय र क्याम्पसका बिद्यार्थी लागूपदार्थ दुव्र्यसनीमा फस्दै गएको भन्दै निगरानी राख्न आग्रह गरे । क्याम्पसकी छात्रा अस्मिता भट्टले गाउँमा उम्रिएका गाजाहरु नष्ट गर्न प्रहरीले चासो नदेखाएको बताइन् ।
उनले भनिन्, ‘गाउँका केही घरहरुको बारीमा गाजा छन्, प्रहरीलाइ काटन आउनु भन्दा आज आउला भोली आउला भनेर टार्नुहुन्छ तर आउनुहुन्न ।’
बिद्यार्थी मात्र होइन क्याम्पसका प्राध्यापक तथा कर्मचारीको पनि आ(आफ्नै गुनासो थियो । क्याम्पस प्रमुख रामचन्द्र दुवाडीले नगरपालिकामा संचालन भएको नगरबसले बिद्यार्थीलाइ वेवास्था गरेको गुनासो गरे ।
क्याम्पसका लेखा तथा प्रशासन अधिकृत सुजन कुवँरले क्याम्पसलाइ लक्षित गरी प्रहरी गस्ती गरिदिन आग्रह गरे । ‘हाम्रो कम्पाउण्ड राम्रो छैन, साँझको समयमा केही युवाहरु क्याम्पसहाता भित्र आउछन्, पालेले बाहिर जान आग्रह गर्दा पनि टेर्दैनन्, प्रहरीको गस्ती गरिदिनुप¥यो,’ उनले भने ।
कार्यक्रममा उठेका जिज्ञासा र गुनासोको जिल्ला प्रहरी प्रमुख एसपी ओम प्रसाद अधिकारीले सम्बोधन गरेका थिए । अपराधिक क्रियाकलाप न्यूनिकरणका लागी प्रहरीलाइ सहयोग गर्न आग्रह गर्दै उनले नागरिक आफै पनि सचेत हुनुपर्ने बताए । समुदाय प्रहरी साझेदारी को प्रहरी बिद्यालय कार्यक्रम अन्तरगत उक्त कार्यक्रम गरिएको हो ।