विद्यार्थीलाई न्यानो कपडा वितरण
विद्यार्थीलाई न्यानो कपडा वितरण
बारपाक सुलिकोट गाउँपालिका–३ ठोट्नेरी स्थित उलाजुङ प्राविमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।
गोरखा नगरपालिका–६ पदेलीका विशेश्वर श्रेष्ठले आफ्नो जन्म दिनको अवसर पारेर उलाजुङ प्राविका एक सय ९ जना विद्यार्थीलाई कपडा वितरण गरेको बिद्यालयका शिक्षिका सलिना गुरुङले बताइन् ।
जाडोमा बालबालिका हरुको विद्यालय सम्म आउन समस्या परेकाले उनीहरुको पढाईलाई निरन्तरता दिन कपडा वितरण गरेको उनले जानकारी दिइन् ।