नक्सा सच्याउन माग गर्दै ध्यानाकर्षण पत्र
नक्सा सच्याउन माग गर्दै ध्यानाकर्षण पत्र
भारतले हालै प्रकाशित गरेको नक्सा तत्काल सच्याउन मानव अधिकार तथा शान्ति समाजले माग गरेको छ ।
अतिक्रमित नेपाली भूभागबाट भारतिय सेना तत्काल फिर्ता गर्नुपर्ने माग राख्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा ध्यानाकर्षण पत्र पठाएको छ ।
लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूभाग भएकाले ति क्षेत्रबाट भारतिय सेना फिर्ता हुनुपर्ने समाजको माग छ । त्यसका लागी कुटनितिक, राजनितिक र सरकारी स्तरबाट पलह गर्नुपर्ने ध्यानाकर्षण पत्रमा भनिएको छ ।
वार्ता मार्फत समास्याको समाधानका लागि भारत प्रधानमन्त्रीसँग छलफल अघि बढाउनु पर्ने उनीहरुको आग्रह छ ।