‘भूकम्प स्मृति पार्क’ को ६० प्रतिशत काम सकियो

‘भूकम्प स्मृति पार्क’ को ६० प्रतिशत काम सकियो


बिहिबार, पुस २४, २०७६


‘भूकम्प स्मृति पार्क’ को ६० प्रतिशत काम सकियो

बारपाकमा निर्माणाधिन ‘भूकम्प स्मृति पार्क’ को ६० प्रतिशत निर्माण कार्य सकिएको छ । २०७२ सालको भूकम्पमा ज्यान गुमाएहरुको सम्झनामा पार्क निर्माण गर्न लागिएको हो ।

भौगोलिक विकटता र मौसमका कारण पार्क निर्माणमा केहि ढिलाइ भएपनि संरचना निर्माण कार्य लगभग सकिएको जिल्ला आयोजना कार्यान्वयन इकाइ                  (भवन) की प्रमुख सुनिता श्रेष्ठले बताइन् । ‘सडकको स्तरोन्नती हुन नसक्दा सामान ढुवानीमा समस्या हुदै आएको छ,’ उनले भनिन्,                ‘समयमै सामान ढुवानी भए लक्ष्य अनुसार काम गर्न सकिन्छ ।’



बर्खामा सामान ढुवानीमा समस्या भएको उनको भनाइ छ । चालु आर्थिक वर्षभित्र निर्माण कार्य सक्ने लक्ष्य भएपनि निर्माण कार्य शुरु गर्न ढिलाइ हुदा समस्या भएको उनले बताइन् । स्थानको बिषयमा स्थानीय बिच विवाद हुदा समयमै काम शुरु हुन नसकेको हो ।

पार्क निर्माणका लागि २०७४ साल मंसिर महिनामा ठेक्का सम्झौता भएको हो । पार्क भित्र भूकम्पमा ज्यान गुमाउनेहरुको सम्झानामा स्मृति स्तम्भ, स्मारक, शौचालय, क्यान्टिन, पार्क, बगैचा लगायतका संरचनाहरु बन्नेछन् ।

‘पार्कको स्तम्भको निर्माण कार्य सकियो, फिनिसिङ गर्न मात्र वाँकी छ, त्यो काम सके लगतै भित्री मण्डला निर्माणको काम शुरु गर्छाै,’ उनले भनिन् ।

दुइ वटा शौचालय र एक क्यान्टिङ निर्माणको काम भर्खर सकिएको र प्लास्टर गर्न वाँकी           रहेको उनले बताइन् । त्यस्तै आवातजावतका लागि पार्कभित्रका सडकहरु निर्माण भईरहेको उनले बताइन् ।

‘पार्क भित्रै करिव ७ सय मिटर सडक निर्माण गर्ने गरि डिजाइन बनेको छ,’ उनले भनिन्, ‘ग्राभेलको काम सकेर कालोपत्रे गर्ने तयारी छ ।’ कल्वर्ड राख्ने, रिर्टनिङ वाल उठाउने काम लगभग ७५ प्रतिशत सकिएको उनले               जानकारी दिइन् । चालु आर्थिक बर्षको अन्त्य सम्ममा काम सक्ने गरी काम अघि बढेको श्रेष्ठको भनाइ छ ।

पार्क भित्र टिकट काउन्टर, पार्किङ स्थल बनाउन बाँकी रहेको उनले जानकारी    दिइन् । पार्क निर्माणका लागी            करिब १३ करोड रकम लाग्ने अनुमान गरिएको छ ।

‘अहिलेसम्म ४ करोड ७६ लाख, ८६ हजार रुपैया खर्च भइसक्यो, चालु आर्थिक बर्षका लागि २ करोड बजेट आएको छ, अपुग रकम केन्द्रिय आयोजना कार्यान्वयन इकाइ भवनमा माग गरी पठाएका छौ,’ उनले भनिन् ।

पार्क निर्माणले आन्तरिक तथा बाह्य पर्यटक आगमन बृद्धि हुने र जिल्लाको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने स्थानीयको अपेक्षा छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda