८ सय ४१ भूकम्पपीडित लाभग्राही थपिए

८ सय ४१ भूकम्पपीडित लाभग्राही थपिए


बिहिबार, पुस २४, २०७६


८ सय ४१ भूकम्पपीडित लाभग्राही थपिए

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ८ सय ४१ भूकम्पपीडितलाई लाभग्राहीका रुपमा थप गरेको छ ।

गुनासो सम्बोधनलाई तीव्रता दिने क्रममा बुधबार बसेको कार्यकारी समिति बैठकले २१ हजार ६ सय वटा गुनासो मध्येबाट ८ सय ४१ जनालाई लाभग्राहीका रुपमा छनोट गरेको हो ।



८ सय ३६ जना भने प्रवलीकरण लाभग्राहीका रुपमा सूचिकृत भएका छन् । १८ हजार २ सय जना गुनासोकर्ता भने गैरलाभग्राही कायम भएका छन् ।

प्राधिकरणका सह-प्रवक्ता मनोहर घिमिरेका अनुसार फिल्डबाट प्राप्त तथ्यांकलाई प्राधिकरणले तोकेका मापदण्डका आधारमा विश्लेषण गरी पुनर्निर्माण लाभग्राही, प्रवलीकरण लाभग्राही अथवा गैरलाभग्राही कायम गरिएको हो ।

यसअघि पनि तीनपटक सम्म प्राधिकरणले यसरी गुनासो सुनुवाईबाट लाभग्राही थपिसकेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकारी समिति बैठकले १ लाख १३ हजार गुनासो सम्बोधन गरी नजिता निकालेको थियो । त्यसमा ११ हजार ५ सय ९९ गुनासोकर्ता पुनर्निर्माण लाभग्राही र ५ हजार ६ सय ८५ गुनासोकर्ता प्रवलीकरण लाभग्राही कायम भएका थिए ।

दोस्रो चरणको छुट तथा पुनःजाँच सर्भेक्षणअन्तर्गत १ लाख ८९ हजार गुनासो संकलन गरिएको थियो । त्यसमध्ये बाँकी ५४ हजार गुनासोको इन्जिनियरहरुले विश्लेषण गर्ने कार्य जारी रहेको प्राधिकरणले उल्लेख गरेको छ ।

विश्लेषण सकिएपछि ती गुनासा पनि प्राधिकरणले सम्बोधन गर्ने उनले उल्लेख गरेका छन् । गुनासो विश्लेषणका लागि ५० जना इन्जिनियर परिचालन गरिएको छ ।

दोस्रो चरणको छुट तथा पुनःजाँच अघि ३ लाख ६ हजार ८ सय ५८ गुनासो दर्ता भएका थिए । ती सबैको पुनरावलोकन भइसकेको छ । सह-प्रवक्ता घिमिरेका अनुसार प्राधिकरणले गरेको यो निर्णय उपर चित्त नबुझे गुनासोकर्ता सामु अझै विकल्प भने बाँकी रहन्छ ।

उनका अनुसार प्राधिकरणको निर्णय उपर चित्त नबुझ्ने लाभग्राहीले पुनरावेदन समितिमा निवेदन दिन पाउने नीतिगत व्यवस्था छ । यसरी प्राधिकरणको कार्यकारी समितिले गरेका निर्णय उपर चित्त नबुझेर पुनरावेदन समितिमा निवेदन दिएका १५ सय २० उजुरीको पुनरावेदन समितिले फैसला गरिसकेको छ । source:onlinekhabar


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda