पृथ्वी जयन्तीको अपनत्व लिदै स्थानीय तह
पृथ्वी जयन्तीको अपनत्व लिदै स्थानीय तह
गणतन्त्र स्थापनापछि नागरिक स्तरबाट मनाइदै आइएको पृथ्वी जयन्ती यस पटक भने स्थानीय सरकारले मनाउने भएका छन् ।
जिल्लाका स्थानीय तहले सार्वजनिक विदा घोषणा गरी उत्सवको रुपमा पृथ्वी जयन्ती मनाउन लागेका हुन् ।नेपाल राष्ट्र निर्माणमा शाहले गरेको कार्यको उच्च कदर गर्दै राष्ट्रिय एकता दिवसको रुपमा पृथ्वी जयन्ती मनाउने निर्णय गरिएको पालिकाले जनाएका छन् । जिल्लाका चार स्थानीय तहले सो दिन सार्वजनिक बिदा घोषणा गरिसके ।
गोरखा र पालुङटार नगरपालिका, भीमसेन थापा र सिरानचोक गाउँपालिकाले सो दिन बिदा दिएका हुन् । पुष २६ गते पृथ्वी जयन्तीको पूर्व सन्ध्यामा गोरखा नगरपालिकाले पृथ्वी नारायण शाह र एकिकरण सम्बन्धी प्रवचन र अन्तरक्रिया गर्ने भएको छ ।
इतिहासविदको सहभागीतामा उक्त कार्यक्रम हुने नगरपालिकाले जनाएको छ । पुष २७ गते विहान नगर क्षेत्रमा सरसफाइ र साँझ दिपावली गर्ने कार्यक्रम रहेको नगर प्रमुख राजनराज पन्तले बताए । बिहान ¥याली सहित कोणसभा हुने उनको भनाइ छ ।
पालुङटार नगरपालिकाले लिगलिगकोटमा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । ‘हामीले गत बर्षको पृथ्वी जयन्तीको दिन लिगलिगकोटमा राष्टिूय झण्डा फहराएका थियौ,’ नगर प्रमुख दिपकबाबु कडेँलले भने, ‘राष्ट्रिय झण्डा एकताको प्रतिक हो, पृथ्वी नारायण शाहसँगको इतिहास पनि त्यसमा जोडिएको छ, त्यसैले त्यही कार्यक्रम गर्छाै ।’
भिमसेन थापा गाउँपालिकाले पनि प्रभातफेरी गर्ने भएको छ । ‘बिहान कार्यपालिकाको कार्यालयदेखि घ्याम्पेशाल सम्म ¥याली गर्छाै अनि कोणसभा गरेर टुंग्याउछौ,’ गाउँपालिका अध्यक्ष इश्वर पाण्डेले भने ।
सिरानचोक गाउँपालिकाले बिदा दिएपनि औपचारिक कार्यक्रम नभएको जनाएको छ ।‘सिरानचोकसँग लिगलिगकोट र गोरखा दरवार जोडिएको छ,’ गाउँपालिका अध्यक्ष राजु गुरुङले भने, ‘त्यो इतिहाससँग पृथ्वी नारायण शाहको पनि योगदान जोडिएको छ, त्यसैले पृथ्वी जयन्तीको दिन बिदा दिएका हौ, त्यस्तो औपचारिक कार्यक्रम चै राखेका छैनौ ।’
अपनत्व लिदै स्थानीय तह