पृथ्वी जयन्तीको दिन गोरखाका चार स्थानीय तहमा सार्वजनिक बिदा

पृथ्वी जयन्तीको दिन गोरखाका चार स्थानीय तहमा सार्वजनिक बिदा


शुक्रबार, पुस २५, २०७६


पृथ्वी जयन्तीको दिन गोरखाका चार स्थानीय तहमा सार्वजनिक बिदा

गोरखाका तत्कालीन राजा पृथ्वीनारायण शाहको २९७ औं जन्मजयन्ती पुस २७ गते जिल्लाका ४ स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् ।

सदरमुकामसमेत रहेको गोरखा नगरपालिका, पालुङटार नगरपालिका, भीमसेन थापा गाउँपालिका र सिरानचोक गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।



गोरखा राज्यका राजा पृथ्वीनारायण शाहले राज्यविस्तार गरी नेपाल एकीकरण गरेकाले उनको कदर गर्दै बिदा दिएको स्थानीय तहहरुले बताएका छन् । स्थानीय तहहरुले बिदा दिनुका साथै केही पृथ्वीजयन्तीमा केही कार्यक्रम पनि राखेका छन् ।

गोरखा नगरपालिकाले पृथ्वीजयन्तकीका अवसरमा दुई दिने कार्यक्रम राखेको छ । पुस २६ गते इतिहासविदको सहभागितामा पृथ्वीनारायण शाह र नेपाल एकीकरणसम्बन्धी प्रवचन र अन्तर्क्रिया कार्यक्रम राखिएको नगर प्रमुख राजनराज पन्तले बताए । पुस २७ गते विहान नगर क्षेत्रमा सरसफाइ, र्‍याली र सभा आयोजना गरिएको छ भने साँझ दिपावली गर्न नगरवासीलाई आग्रह गरिएको उनले जानकारी दिए ।

पालुङटार नगरपालिकाले लिगलिगकोटमा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । ‘हामीले गत बर्षको पृथ्वी जयन्तीको दिन लिगलिगकोटमा राष्ट्रिय झण्डा फहराएका थियौ,’ नगर प्रमुख दिपकबाबु कँडेलले भने, ‘राष्ट्रिय झण्डा एकताको प्रतीक हो, पृथ्वीनारायण शाहसँगको इतिहास पनि त्यसमा जोडिएको छ, त्यसैले त्यही कार्यक्रम गर्छाै ।’ नगर क्षेत्रभित्रका बिद्यालयमा पनि पृथ्वी जयन्तीका दिन विभिन्न कार्यक्रम राखिएको छ ।

भीमसेन थापा गाउँपालिकाले भने पुस २७ गते प्रभातफेरि आयोजना गरेको छ । ‘बिहान गाउँ कार्यपालिकाको कार्यालयदेखि घ्याम्पेशालसम्म र्‍याली गर्छाै अनि कोणसभा गरेर कार्यक्रम समापन गर्छौं’ गाउँपालिका अध्यक्ष ईश्वर पाण्डेले भने ।

सिरानचोक गाउँपालिकाले बिदा दिए पनि औपचारिक कार्यक्रम राखेको छैन । ‘सिरानचोकसँग लिगलिगकोट र गोरखा दरबार जोडिएको छ,’ गाउँपालिका अध्यक्ष राजु गुरुङले भने, ‘त्यो इतिहाससँग पृथ्वीनारायण शाहको पनि योगदान जोडिएको भएर पृथ्वी जयन्तीको दिन बिदा दिएका हौ, त्यस्तो औपचारिक कार्यक्रम भने राखेका छैनौ ।’

विगतमा पुस २७ गते पृथ्वी जयन्तीलाई सरकारले राष्ट्रिय एकता दिवसको रुपमा सार्वजनिक बिदा दिने गरेको थियो । तर २०६२/६३ को जनआन्दोलनपछि बिदा दिन छोडिएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda