बिसे नगर्चीका सन्तानसँग लालमोहर मात्रै

बिसे नगर्चीका सन्तानसँग लालमोहर मात्रै


आइतवार, पुस २७, २०७६


बिसे नगर्चीका सन्तानसँग लालमोहर मात्रै

केशव गुरुङ

बिसे नगर्चीले पृथ्वी नारायण शाहलाई अप्ठ्यारो परिस्थितिमा सल्लाह दिएको प्रसंग चिया–चौतारादेखि बौद्धिक मञ्चमा चर्चा हुने गर्छ । नरभूपाल शाहको पालादेखि नै नगर्चीको सन्तान गोरखा दरबारमा काम गर्ने गरेको बताइन्छ ।



नेपाल एकीकरणका वेला पृथ्वीनारायण शाहलाई आर्थिक जोहो गर्ने बिसे नगर्चीले उपाय सुझाएको प्रसंग वेलावेला चर्चा हुने गर्छ । इतिहासमा विशिष्ट भूमिका निभाएका तिनै नगर्चीको इतिहास मेटिँदै गएकोप्रति गोर्खामा रहेका उनका सन्तानले चिन्ता व्यक्त गरेका छन् । परियार सेवा समाजका संस्थापक अध्यक्ष तथा पूर्वसांसद ऋषिबाबु परियारका अनुसार बिसे नगर्ची नौबाघ खलकका थिए ।

उनको खास नाम विश्वेश्वरप्रसाद नौबाघ हो ।  परियारका अनुसार बिसे नगर्चीको नवौँ पुस्ताको सन्तान मछिन्द्रे दमाईं हुन् । मछिन्द्रे दमाईंका भतिजा मनबहादुर परियार नौबाघ, यादव परियार नौबाघ, शिवशंकर परियार नौबाघ रहेका छन् । मछिन्द्रेको छोरा भएन ।

तीन बहिनी छोरी जन्मिए । त्यसपछिको वंश भाइभतिजाले अगाडि बढाएको उनको भनाइ छ । बिसे नगर्चीकै खलकका दसौँ पुस्ताका सन्तान मनबहादुर परियार रहेको बिसे नगर्ची स्मृति तथा अध्ययन प्रतिष्ठानका अध्यक्ष रमेश परियार बताउँछन् । मनबहादुरको पनि निधन भइसक्यो ।

अहिले मनबहादुरकी श्रीमती तिलककुमारी  परियारको साथमा तत्कालीन   राजाले जारी गरेको लालमोहर छ । मनबहादुर र तिलककुमारीका छोरा हुन्, रेशम परियार । बिसे नगर्ची जन्मिएको पोखरीथोक गाउँमा हाल नौबाघे खलकको पाँच घर छन् । केही चितवन बसाइँ सरे । केही गोरखा बजारआसपास छन् । हाल गोरखा नगरपालिका–११ स्थित नागपानी चौधकिलोका बसोवास गर्दै आएकी छन्, तिलककुमारी ।

उनीहरूसँग विसं. १८७५ मा शाहवंशीय राजाले जारी गरेको लालमोहर छ । ‘बिसे नगर्ची कति सालमा जन्मिए केही थाहा छैन, उनको सम्पत्ति कति थियो, त्यो पनि थाहा छैन ।’ बिसे नगर्चीले त्यसवेला खाइपाई आएको जागिर र रकम नगर्चीको पुस्तालाई पनि दिलाई पाम भन्दै गोरखा            दरबार र मालपोत कार्यालयमा निवेदनसमेत दिएको, तर कुनै सुनुवाइ नभएको उनको गुनासो           छ ।

‘गोरखा नगरपालिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, गोरखा दरबारमा पटक–पटक पहल गरेँ, सफल भइनँ,’ उनी भन्छिन्, ‘काठमाडौंको पुरातत्व विभागमा पुग्यौँ, गोरखाको कुरा गोरखामै खोज्नु, अहिले राजाको मान्यता नै छैन, कसरी पाउँछौ भने ।’ राज्यले आफ्नो वंशलाई दिएको सुविधा पाउनुपर्ने उनको भनाइ छ । बिसे नगर्चीको पालामा दरबारमा नौजनाले जागिर पाएकोमा अहिले एकजना पनि नरहेको उनी भन्छिन् ।

बिसे नगर्चीको योगदानको सम्झना गर्दै गोरखा नगपालिका–६, गितारडाँडामा बिसे नगर्चीको सालिक निर्माण गरिएको छ । तर, सालिक बिसे नगर्ची जन्मिएको ठाउँ पोखरीथोकमा राख्नुपर्ने उनको माग छ ।

नगर्चीकै सन्तति रेशम  परियार हाल बाजा बजाउने र सिलाइको काम गर्छन् । विवाहमा बाजा बजाउन गएबापत उनले दिनको २ हजारसम्म कमाउँछन् ।         गोरखाका स्थानीय ७१ वर्षीय हिराबहादुर परियार राज्यको बेवास्ताका कारण बिसे नगर्चीको इतिहास मेटिन लागेकोप्रति दुःख व्यक्त गर्छन् ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda