वेसहारा अम्वर बहादुर गुरुङलाई उद्धार गर्दै मानव सेवा आश्रम गोरखा शाखा
वेसहारा अम्वर बहादुर गुरुङलाई उद्धार गर्दै मानव सेवा आश्रम गोरखा शाखा
बारपाक सुलिकोट गाउँपालिकाको रन्चोक घर बताउने गुरुङलाइ सोमवार जिल्ला सदरमुकामको पुरानो बसपार्कबाट उद्धार गरिएको हो ।
मजदुरीको काम गर्र्दै केही बर्ष देखि सदरमुकाममा देखिदै आएका उनी सडक पेटिमै सुत्ने गथ्र्ये ।
‘यस्तो जाडोमा पनि राती सडक पेटीमा सुत्नुहुन्थ्यो, कहिले नाङ्गै हिड्ने, एक्लै बोल्दै हाँस्ने गर्नुहुन्थ्यो,’ आश्रमकी जिल्ला शाखा संयोजक मुना लामाले भनिन्, ‘पहिले पनि धेरै पटक उद्धार गर्न खोज्दा सकेनौ, आज सफल भयौ ।’
गोरखा नगरपालिका वडा नम्वर ७ का अध्यक्ष विष्णु प्रसाद श्रेष्ठ, आश्रमका अभिभावक इश्वरकाजी मास्के, रन्जिता श्रेष्ठ, सुन्दर श्रेष्ठ लगायतको उपस्थितीमा गुरुङको उद्धार गरिएको उनले बताइन् ।
उद्धार गरिएका गुरुङलाई उपचार र संरक्षणका लागि शाखा कार्यालय चितवनमा पठाइएको उनले जानकारी दिइन् ।