छहरेका जोशी काठमाण्डौमा पक्राउ
छहरेका जोशी काठमाण्डौमा पक्राउ
जबरजस्ती करणी गरेको आरोपमा गोरखा नगरपालिका–६ छहरेका ध्रुव जोशी पक्राउ परेका छन् । ललितपुरको कुसुन्तीमा रहेको आशा विश्वासी मण्डली चर्चका पाष्टर भनिने जोशीलाइ सोमवार साँझ पक्राउ गरिएको हो ।
परमेश्वरको डर देखाउँदै आफ्नै अनुयायी महिलालाई तीन महिना देखि बलात्कार गरेको भन्दै उजुरी परेपछि पक्राउ गरिएको महानगरिय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
जोशीले चर्चमा प्रार्थना गर्न जाने सिलसिलामा एक महिलालाई परमेश्वर र पापको त्रास देखाई ३ महिनादेखि बलात्कार गरेको आरोप छ । रोग निको हुने विश्वासमा ललितपुरको मण्डली चर्चमा प्रार्थना गर्न जाने क्रममा जोशीले नराम्रो काम गरेका कारण रोग लागेको र त्यो पाप मेटाउन आफूसँग शारीरिक सम्पर्क गर्नुपर्ने भन्दै बलात्कार गरेको पीडितले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ ।
पहिलोपटक ललितपुर महानगरपालिका अन्तर्गत चापागाँउमोडको एक गेष्ट हाउसमा बोलाएर जबर्जस्ती करणी गरेको र यो कुरा कसैलाई भने परमेश्वरले दिएको शक्ति नाश भएर जाने त्रास र धम्की दिएको पीडित महिलाले प्रहरीमा वयान दिदै भनेकी छिन् ।
यसैगरी दोस्रोपटक आफैंले सञ्चालन गरेको पसलमा आएर पास्टर जोशीले जबर्जस्ती करणी गर्न खोज्दा आफूले अस्वीकार गरेको तर पहिला शारीरिक सम्पर्क भइसकेको कुरा परिवार र साथीभाइ सबैलाई हल्ला गरिदिने धम्की दिँदै जबर्जस्ती करणी गरेको पीडितले जायरीमा उल्लेख गरेकी छिन् ।
पछिल्लोपटक यही पुसको पहिलो हप्तातिर पुनः आफ्नै पसलमा आएर विभिन्न डरत्रास देखाई जोशीले जबर्जस्ती करणी गरेको पीडित महिलाले ललितपुर प्रहरी परिसरमा दिएको उजुरीमा उल्लेख छ ।