राज्यको सम्पति दुरुपयोग नगरौ
राज्यको सम्पति दुरुपयोग नगरौ
महिनौ देखि अलपत्र अवस्थामा फालिएको खानेपानी मन्त्रालयको मोटरसाइकल फिर्ता ल्याइयो । संचार माध्यममा समाचार आएपछि मात्र मन्त्रालयले जानकारी पायो । राज्यको सम्पत्ती यसरी दुरुपयोग हुदाँ सम्म वास्ता नगर्ने नियमक निकायको कमजोरी यसमा छर्लङ्ग छ ।
यो त उदाहरण मात्र हो । पछिल्लो समय जिल्लामा सरकारी सवारीसाधानको दुरुपयोगले सिमा नाघेको छ ।
वडाध्यक्षले पाएको सरकारी मोटरसाइकल भाइ भतिजा र छोरालाइ घुम्ने साधन बनेको छ । सरकारी नम्वर प्लेटका सवारीहरु साँझपख होटलका अगाडी प्राय भेटिन्छन् । सार्वजनिक बिदाका दिन सरकारी गाडी चलाउन प्रशासनको अनुमति अनिवार्य छ ।
तर जिल्लामा सार्वजनिक बिदाका दिन पनि अत्याधिक रुपमा सरकारी सवारीहरु गुड्छन् । त्यही पनि विना अनुमति ।
नियम उल्लर्घन गर्नेमा सबैभन्दा बढी जनप्रतिनिधीकै गाडी छन् । आफूलाई स्वायत्त सरकार मान्ने जनप्रतिनिधीको दम्म यसमा देखिन्छ । नियम कानून सबैलाई एउटै हो ।
आफै नियम बनाउने पदमा पुगेकाहरुले नै यसरी नियम उल्लघंन गर्नु लज्जास्पद कुरा हो । नियम उल्लघंन गर्नेलाइ कारवाही गर्न नसक्दा पनि वेथिती बढेको हो । साना देखि ठुला सबैलाइ नियम लागू हुन्छ । राज्यको सम्पत्ति दुरुपयोग गर्ने अधिकारी कसैलाइ पनि छैन । नियमको पालना सबैले गरौ ।