लाप्राकको नमूना वस्तीलाई उद्यमी गाउँको रुपमा बिकास गरिने
लाप्राकको नमूना वस्तीलाई उद्यमी गाउँको रुपमा बिकास गरिने
लाप्राकको गुप्सीपाखामा निर्माणाधिन एकीकृत नमूना वस्तीलाई उद्यमी गाउँको रुपमा बिकास गरिने भएको छ ।
स्थानीय स्तरमा पाइने कच्चा पदार्थको प्रयोग गरी विभिन्न उद्योग संचालन गरिने पालिका अध्यक्ष सन्तोष गुरुङले बताए । ‘घरमात्र भएकाले एकीकृत वस्तीमा बस्न लाप्राकीहरुले खासै रुची देखाएका छैनन्,’ उनले भने, ‘त्यहा उद्योग संचालन गरेर पर्यटनलाइ आकर्षित गर्न सके स्थानीयलाइ आयआर्जन को बाटो खुल्नेछ, वस्तीमा बस्न स्थानीयहरुको रुची पनि बढ्छ ।’
सो क्षेत्रमा महँगो जडिवुटीहरु उत्पादन हुने भन्दै जडिवुटी खेतिलाइ बिस्तार गर्ने उनले बताए । ‘जडिवुटी खेती बिस्तारका लागी नर्सरी देखि प्रशोधन केन्द्रसम्म बनाउछौ, लेकाली आलुलाई ब्राण्डको रुपमा बिकास गरेर बाहिर बजार सम्म पु¥याउछौ,’ उनले भने ।
सो क्षेत्रमा पाइने अल्लोलाइ प्रशोधन गरेर कपडाहरु उत्पादन गर्ने, उनको राडी पाखी बनाउने गाउँपालिकाको योजना छ ।
‘चोयाबाट बिभिन्न ह्याण्डीक्य्राफ्ट हरु बनाउने र त्यहा पाइने बहुमूल्य ढुङ्गाबाट गहना बनाएर बेच्ने योजना पनि छ,’ अध्यक्ष गुरुङले बताए । नमूना वस्तीलाइ उद्यमी गाउँको रुपमा बिकास गर्न अनुसन्धान भइरहको उनको भनाइ छ ।
पर्यटन प्रवद्र्धनका लागी नमूना वस्तीलाइ उद्यमी गाउँको रुपमा बिकास गर्न लागिएको उनले बताए । गैर आावासिय नेपाली संघ (एनआरएनए) ले लाप्राकका ५ सय ७३ घरधुरीका लागी एकीकृत नमूना वस्ती निर्माण गरिरहेको छ ।
वस्ती निर्माणमा ढिलाइ हुदा समस्या भएको पालिका अध्यक्ष गुरुङले बताए । हिमपातका कारण अहिले वस्ती निर्माणको काम रोकिएको छ । गत पुष १९ गतेबाट बस्ती निर्माणको काम रोकिएको हो । वस्तीमा शौचालय निर्माणको काम भइरहेको थियो ।