दरवार पुननिर्माणमा ढिलाई नगर्न भन्दै ज्ञापन पत्र
दरवार पुननिर्माणमा ढिलाई नगर्न भन्दै ज्ञापन पत्र
भूकम्पले क्षति पुगेको ऐतिहासिक गोरखा दरवार पुनर्निर्माणमा भएको ढिलाइ प्रति नारायणदास अज्र्याल स्मृती प्रतिष्ठानले ध्यानाकर्षण भएको जनाएको छ ।
शुक्रवार गोरखा संग्रहालय र गोरखा दरवार हेरचाह अड्डा मार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाइ ज्ञापन पत्र बुझाउदै दरवार पुननिर्माणको काम यथाशिघ्र सम्पन्न गर्न प्रतिष्ठानले माग गरेको छ ।‘गोरखाकालिका, गोरखनाथका पुरोहित, पुजारी, सुसारे, ह्यामीनी, नगर्ची आदि घट्दै गएको र नियमित पुजा नै बन्द हुने अवस्थामा पुगेकाले चलिआएको थरघरलाई कायम गरी सो को व्यवस्था गरियोस्,’ प्रतिष्ठानका अध्यक्ष सरोज अर्यालद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा भनिएको छ ।
दरवारको पशुपतिनाथ र विद्यामन्दिरमा बन्द भएको नियमित पुजा सुचारु गर्न पनि प्रतिष्ठानले माग गरेको छ । उपल्लो कोटको बज्र भैरवको मन्दिर जिर्ण बन्दै गएको भन्दै मर्मत संहार गरी नियमित पुजाको व्यवस्था मिलाउन पनि माग गरिएको छ ।
भ्रमण बर्ष सफल बनाउनका लागी गोरखा संग्रहालयका पार्क, वाल उद्यान र भित्रका सामग्रीलाइ आकर्षित र थप व्यवस्थित गरी पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउन आग्रह गरिएको छ ।
प्रतिष्ठानका सल्लाहकार नारायणभक्त अर्यालको नेतृत्वमा ज्ञापनपत्र बुझाउन गएको टोलीमा गोरखा नगरपालिका वडा नम्वर ६ का अध्यक्ष नारायणबाबु अर्याल, प्रतिष्ठानका उपाध्यक्ष उमेश अर्याल, सहसचिव रामवावु अर्याल, सदस्य बिष्णुहरी अर्याल, सल्लाहकार पुरुषोतम अर्याल लगायतका पदाधिकारीको उपस्थिती रहेको थियो ।