गोरखा र पालुङटार जोड्ने मोटरेवल पुल निर्माणमा लापरवाही

गोरखा र पालुङटार जोड्ने मोटरेवल पुल निर्माणमा लापरवाही


आइतवार, माघ १२, २०७६


गोरखा र पालुङटार जोड्ने मोटरेवल पुल निर्माणमा लापरवाही

गोरखा र पालुङटार  नगरपालिका जोड्ने मोटरेवल पुल निर्माणको काममा लापरवाही भएको छ ।
तीन बर्षको अवधिमा मुश्किलले २० प्रतिशत मात्र काम सम्पन्न भएको छ ।

जिल्ला समन्वय समितिको स्थानीय सडक पुल कार्यक्रम अन्तरगत गोरखा नगरपालिका वडा नम्वर १२ र पालुङटार नगरपालिका वडा नम्वर ९ जोड्ने गरी दरौदी नदी माथि पुल बन्न लागेको हो ।



दुई बर्षमा काम सक्ने गरी २०७३ असारमा इलाइट धनथान एडभेन्चर जेभीसँग सम्झौता भएको थियो । तर म्याद सकिदाँ पनि कामको प्रगति नभएपछि पुन म्याथ थप गरिएको छ ।

थप गरिएको म्याद अनुसार २०७७ साल असार मसान्त भित्र काम सक्नुपर्छ । तर अहिले सम्मको प्रगति हेर्दा थप गरिएको समयमा पनि काम सम्पन्न नहुने पक्का           छ । काम सम्पन्न गराउन नसकेपछि जिससले उक्त योजना पूर्वाधार बिकास कार्यालय लम्जुङलाइ हस्तान्तरण गरेको छ । गत बैशाखमा योजना हस्तान्तरण भएको कार्यालय प्रमुख राम पराजुलीले बताए ।

‘पाइल फाउण्डेशन निर्माण गर्न समस्या भएको भन्दै एक पटक डिजाइन चेन्ज भइसकेको रहेछ,’ उनले भने, ‘अहिले पनि फेरि डिजाइन चेन्ज गर्नुपर्ने देखिएको छ ।’ डिजाइन परिवर्तन गर्नुपर्ने भएकाले काममा ढिलाइ भएको भन्दै उनले ठेकेदारको बचाउ गरे । ‘पाइल फाउण्डेशन ग्राउण्ड लेभलबाट १८ मिटर तल जानुपर्छ, तर ड्रिल गर्दा १५ मिटर भन्दा तल जान सकेको छैन, अव डिजाइन चेन्ज गर्ने की अरु उपाय खोज्ने भनेर छलफल हुदैछ,’ उनले  भने ।

ठेकेदारले लापरवाही गर्दा काममा प्रगति नभएको गोरखा नगरपालिका वडा नम्वर १२ का अध्यक्ष डिल बहादुर थापाले बताए । कुन संस्थाले काम गरेको भन्ने             बारे आफूहरुलाइ जानकारी समेत नभएको उनको गुनासो छ ।

‘हाम्रै ठाउँमा भएको बिकास बारे हामी स्थानीय तहलाइ थाहा छैन, पिलरका लागी एक बर्ष अगाडी बुनेर राखेको रड खिया लागेर काम नलाग्ने भइसक्यो, ठेकेदार को हो भन्ने पनि थाहा छैन, काममा यस्तो लापरवाही छ,’ उनले भने ।

काममा भएको लापरवाहीबारे केन्द्रसम्म जानकारी            गराउदा पनि वेवास्ता भएको उनले बताए । उक्त पुल निर्माण भए वेशिशहर हुदै मनकामना, गोरखा दरवार लगायतका ठाउँमा जान छिटो र सहज हुने उनको भनाइ छ ।

तीन करोड ८० लाखको लागतमा पुल निर्माण हुन लागेको हो । पुल ८० मिटर लम्वाइको  हुनेछ । पुल निर्माण भएसँगै धुवाकोट, मिरकोट, वाघडाडा,               शेरा लगायतका स्थानीयलाइ आउजाउमा सहज हुने स्थानीयले बताएका छन् । तर ठेकेदारको           लापरवाहीले विगत तीन बर्षदेखि काम अलपत्र छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda