चुमनुव्रीको एक मात्र मावि बिद्यालयको भवन बनेन

चुमनुव्रीको एक मात्र मावि बिद्यालयको भवन बनेन


सोमवार, माघ १३, २०७६


चुमनुव्रीको एक मात्र मावि बिद्यालयको भवन बनेन

उत्तरी गोरखाको चुम्चेत घर भएका कर्मा लामालाइ बिद्यालय जान पुरै दिन हिड्नुपर्छ । सिर्दिवासको बुद्ध माध्यमिक बिद्यालयको कक्षा ६ मा उनी अध्ययनरत छन् ।

घर देखि करिव २० किलोमिटरको दुरीमा बिद्यालय पर्छ । सडक संजाल नजोडिएका कारण घरबाट बिद्यालय आउजाउ गर्न पुरै दिन खर्चनुपर्ने बाध्यता लामालाई छ ।



छेकम्पार घर भएका कर्माका साथी सोनाम लामालाइ त झन् घरबाट बिद्यालय पुग्न करिव दुइ दिन लाग्छ । बिद्यालयको पठनपाठन नछु्टाउनका लागी उनीहरु दुवै होस्टलमा बस्छन् ।

बिद्यार्थीहरु नियमित बिद्यालय आउने वातावरण सृजना गर्नका लागी छात्रावासको व्यवस्था मिलाइएको बिद्यालयका प्रधानाध्यापक प्रकाश घिमिरेले बताए । ‘हामीसँग ३५७ जना बिद्यार्थी छन्, उनीहरु मध्य १ सय ८९ जना छात्रवृत्ति कोटामा पढिरहेका छन्,’ उनले भने । बुद्ध मावि चुमनुव्री गाउँपालिकाभर एक मात्र माध्यमिक तहको बिद्यालय भएको उनी   बताउछन् ।

चुमनुव्री गाउँपालिका भित्रका मात्र होइन उक्त बिद्यालयमा उहिया, गुम्दा, काशिगाउँ र केरौजाका बिद्यार्थी पनि पढ्न आउने बिद्यालयले जनाएको छ ।

भूकम्पका कारण उक्त बिद्यालय भवनमा क्षति पुगेको छ । तर अहिले सम्म बिद्यालय भवन पुननिर्माण भएको छैन । भूकम्प पश्चात बुद्ध मावि सहित दश बिद्यालय भवनको पुननिर्माण गर्ने जिम्मा भारतीय दुतावासले लिएको थियो ।

तर भूकम्पको पाँच बर्ष पुग्नै लाग्दा समेत काम शुरु हुन सकेको छैन । ‘भवनको छानाले बर्षालाइ थाम्दैन, पानी परेको बेला चुहिन्छ, मर्मत गर्न हामीसँग पर्याप्त रकम पनि छैन,’ प्रअ घिमिरेले भने । चौध बर्ष अघि                उत्तरी गोरखाका बिद्यार्थीले उच्च शिक्षा हासिल गर्न आरुघाट,                 गोरखा बजार र काठमाण्डौ जानुपथ्र्याे ।

तर उक्त बिद्यालयले मावि तह संचालन गरेसँगै सो क्षेत्रका बिद्यार्थीलाइ मावि तहको शिक्षा प्राप्त गर्न अन्यत्र धाउनु नपर्ने भएको छ । तर बिद्यालयमा भौतिक पूर्वाधार सँगै पुस्तकालय, बिज्ञान र कम्प्युटर प्रयोगशालाको सुविधा                 छैन । मावि तहमा कुनै पनि स्थायी शिक्षकको दरवन्दी छैन । राहत कोटा अन्तरगत नियुक्त भएका शिक्षकहरुले पठनपाठन गराउदै आएका छन् ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda