उपसभामुखका लागि भिख माग्दैनौं ः नेता पाण्डे
उपसभामुखका लागि भिख माग्दैनौं ः नेता पाण्डे
राष्ट्रिय सभा सदस्य एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले उपसभामुख पदका लागि कांग्रेसले भिख माग्दै नहिड्ने बताएका छन् ।
जिल्ला सदरमुकाममा सोमबार पत्रकारसँग कुराकानी गर्दै उनले प्रमुख प्रतिपक्ष दलले उपसभामुख पाउनु स्वाभाविक भएपनि कांग्रेसले सो पदका लागि दाबी नगर्ने बताएका हुन् ।
‘उपसभामुख मुख्य प्रतिपक्ष दल नेपाली कांग्रेसले पाउनुपर्ने स्वभाविक नै हो,’ उनले भने, ‘तर नदिए पनि रुदै, कराउदै, भिख माग्दै हिड्दैनौं ।’ फरक प्रसंगमा बोल्दै नेता पाण्डेले अमेरिकी सहयोग एमसीसीका बारेमा धेरै बहस गर्नु आवश्यक नरहेको बताए । ‘एमसीसी अमेरिकी संस्था हो, त्यो संस्था मार्पmत नेपालले अनुदान रकम पाउने हो, त्यो ऋण होईन नितान्त अनुदान हो, जुन विद्युत र सडकमा खर्च गर्ने भनिएको छ,’ उनले भने ।
एमसीसी नेपालका लागी आवश्यक रहेको उनले बताए ।
एमसीसी बारे अहिले भइरहेको अनावश्इक टिप्पणीले देशलाइ नै घाटा पुग्ने उनको भनाइ छ । ‘एमसीसी परियोजना अस्वीकार भएमा देशलाई ठुलो धक्का पुग्नेछ, अन्य विदेशी राष्ट्रहरुले नेपालमा लगानी सुनिश्चितताको वातावरण छैन भनि लगानी गर्न आउने छ्रैनन्,’ उनले भने ।