निशुल्क स्वास्थ्य शिविरमा ४ सय बढीले सेवा लिए
निशुल्क स्वास्थ्य शिविरमा ४ सय बढीले सेवा लिए
पालुङटार नगरपालिका–७ खत्रिटारमा निशुल्क स्वास्थ्य शिविर भएको छ ।
रोटरी क्लब अफ बज्र मनास्लु गोरखाको आयोजना तथा बिज्ञान पोलिक्लिनिक सेन्टर प्रालि (अर्याल मेडिकल हल) को प्राविधिक सहयोगमा भएको शिविरमा ४ सय ४ जनाले सेवा लिएका छन् ।शिविरमा स्त्री रोग, छाति, मुटु तथा पेट रोगको जाँच गराइएको थियो ।
रोटरी क्लब अफ बज्र मनास्लुका अध्यक्ष रुस बाबु जोशीको अध्यक्षतामा भएको शिविर उद्घाटन कार्यक्रममा प्रमुख अतिथि पालुङटार नगरपालिका प्रमुख दिपकवावु कडेल, उपप्रमुख पम्फा बसेल, वडा नम्वर ६ का अध्यक्ष गोविन्द बराकोटी, वडा नम्वर ७ का अध्यक्ष बसन्त श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।