काम नगर्ने ठेकेदारलाई प्रश्रय किन
काम नगर्ने ठेकेदारलाई प्रश्रय किन
कामको जिम्मा लिने तर समयमै काम नसक्ने अधिकांश ठेकेदारहरुको नियत नै हो । बिभिन्न वहाना बनाउँदै काममा लापरवाही गर्ने तिनै ठेकेदारले जिल्लाका कतिपय बिकास निर्माणका काम अलपत्र पारेका छन् । तर उनीहरुलाइ कारवाही गर्नुुको अलावा सरकारले लविङ गरिरहेको छ ।
यसको उदाहरण हो केही समय अघि मन्त्रिपरिषदले समयमै काम सम्पन्न नगरी योजना अलपत्र पार्ने ठेकेदारलाइ एक बर्षको एक बर्ष म्याद दिन गरेको निर्णय ।
ठेक्का पार्न हानाथाप गर्ने तिनै ठेकेदारहरु काम पाएपछि भने आफ्नो अधिकार र कर्तव्य भुल्छन् । समयमै काम सम्पन्न गर्नु त पर को कुरा योजनाहरु शुरु गर्ने अनि अलपत्र पारेर छाड्ने प्रवृति बढ्दो छ ।
बिडम्वनाको कुरा त यो छ की तीनै ठेकेदारलाइ राजनितिक दल तथा मन्त्रीहरुको संरक्षण हुन्छ । अनि बिकास निर्माणको काममा उनीहरुले लापरवाही गर्नु स्वभाविक नै हो ।
काममा तदरुपताका साथ नलाग्ने तिनै ठेकेदारहरु मन्त्रीहरुसँग सेल्फी खिचेर सामाजिक संजालमा अपलोड गर्दै आफ्नो पहुँचको दम्म देखाउन समेत पछि पर्दैनन् । बिकास निर्माणका काममा राजनिति घुस्नु पक्कै राम्रो हो । हुन त अधिकांश ठेक्का पहुँच र राजनितिक लविङको आधारमा उपलब्ध गराइन्छ ।
इ टेन्डर भनिएपनि आफ्नो मान्छेले ठेक्का पाउने प्रवृति हटेको छैन । बिशेष गरी स्थानीय तहले आव्हान गरेको ठेक्कामा यो प्रवृति हावी छ । अनि काममा लापरवाही गर्ने ठेकेदारलाइ कसरी कारवाही हुन सक्छ ?
यसरी बिकास निर्माणका काममा लापरवाही गर्ने ठेकेदारलाइ प्रश्रय दिदै जाने हो भने जिल्लाका धेरै योजनाहरु अलपत्र पर्छन् । काम नगर्ने ठेकेदारलाइ संरक्षण होइन कारवाहीको आवश्यकता छ । होइन भने जिल्लामा धेरै योजनाहरु यस्तै अपलत्र पर्नेमा कुनै शंका छैन ।