बोलेरो जीप दुर्घटनामा तीन घाइते
बोलेरो जीप दुर्घटनामा तीन घाइते
शहिद लखन गाउँपालिका–२ मनकामनामा बोलेरो जीप दुर्घटना हुदाँ तीन जना घाइते भएका छन् ।
मंगलबार राती करिब नौ बजे बक्रेश्वरीबाट मनकामना आउदै गरेको बा ८ च ६९०३ नम्बरको जीप नयाँ धारा भन्ने ठाँउमा दुर्घटना भएको हो ।
सडक बाट करिब ५०० मिटर तल खस्दा शहिद लखन गाउँपालिका–५ ताक्लुङका २८ वर्षिय सुनिल राना, वडा नम्बर २ मनकामनाका १८ बर्षिय गौचन थापा र बर्ष १३ का अनुराग थापा घाइते भएको प्रहरीले जनाएको छ ।
उनीहरुको चितवन पुरानो मेडिकल कलेजमा उपचार भइरहेको डिएसपी बासुदेब खतिवडाले बताए । घाइतेहरुको अवस्था सामान्य रहेकोे उनले जानकारी दिए । चालक फरार छन् । खोजी भइरहेको प्रहरीले जनाएको छ ।