कृत्रिम घाँसे मैदान निर्माणको सहयोगार्थ सांस्कृतिक कार्यक्रम
कृत्रिम घाँसे मैदान निर्माणको सहयोगार्थ सांस्कृतिक कार्यक्रम
गोरखा नगरपालिका–९ दलभन्ज्याङमा फुटवल प्रशिक्षण केन्द्रका लागी कृत्रिम घाँसे मैदान निर्माण सहयोगार्थ विविध सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
आउँदो फागुन ९ गते महाशिवरात्रीको अवसरमा द ओसन क्लबले कार्यक्रम गर्न लागेको हो ।कार्यक्रममा स्थानीय झाँकी प्रद्र्धशनी तथा ¥याली, अन्तर विद्यालय नृत्य प्रतियोगीता सँगै विविध सांस्कृतिक कार्यक्रम हुने शनिवार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गरी क्लबका अध्यक्ष अमित खत्रीले बताए । कार्यक्रममा क्लबका खेलाडी मध्यबाट उत्कृष्ट छनोट गरी ओसन वर्ष खेलाडी पुरस्कारले सम्मान गरिने उनले जानकारी दिए ।
जिल्लाको फुटवल खेल बिकासमा योगदान पु¥याउने एक जनालाई लाइफ टाइम एचिभमेन्ट अवार्डले सम्मान गरिने उनको भनाइ छ ।
कार्यक्रम सम्पन्न गर्नका लागी सात लाख ३५ हजार रकम लाग्ने अनुमान गरिएको छ । कृत्रिम घाँसे मैदान निर्माणको काम तिव्र गतिमा भइरहेको क्लबले जनाएको छ ।
हाल मैदानमा रोलर लगाउने र नालीको लागी पाइप बिछ्याउने काम शुरु भएको क्लबका अध्यक्ष खत्रीले बताए । मैदान निर्माणका लागी रकम अपुग भएको भन्दै आवश्यक सहयोग गरिदिन क्लबले सबैलाई आग्रह समेत गरेको छ ।