क्यूएए प्राप्तिको अन्तिम चरणमा द्रव्यशाह

क्यूएए प्राप्तिको अन्तिम चरणमा द्रव्यशाह


आइतवार, माघ १९, २०७६


क्यूएए प्राप्तिको अन्तिम चरणमा द्रव्यशाह

गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा रहेको द्रव्यशाह बहुमुखी क्याम्पस गुणस्तर सुनिश्चितता प्रत्यायन (क्यूएए) प्राप्तीको अन्तिम चरणमा पुगेको छ ।
क्यूएए को मान्यता प्राप्त गर्ने प्रक्रियाको सन्दर्भमा क्याम्पस  निरिक्षणका लागी आएको विश्वविद्यालय अनुदान आयोगको टोलीको सुझाव अनुसार आवश्यक सुधारहरु गरिएको सहायक क्याम्पस प्रमुख एकदेव अधिकारीले बताए ।

‘निरिक्षणका लागी गत फागुन महिनामा शिव कुमार राईको नेतृत्वमा टोली आएको थियो,’ उनले भने, ‘उहाहरुले सुधार गर्नुपर्ने पक्षहरु भनेर जानुभयो, हामीले त्यसलाइ सुधार गरिसक्यौ ।’ आवश्यक सुधार पश्चात पुनः  निरिक्षणको अन्तिम तयारी भइरहेको उनले बताए ।



‘अवको १५ दिनमा आयोगको टोली अन्तिम भिजिट गर्न आउँछ, सबै निरिक्षण गरेपछि क्याम्पसलाई क्यूएएको मान्यता दिने वा नदिने भन्ने निर्णय गर्छ,’ उनले भने । क्यूएए को मान्यता प्राप्त भएमा क्याम्पसलाइ आउने अनुदान रकम बढ्ने उनको भनाइ छ ।

‘क्यूएए प्राप्त भएमा क्याम्पसले गुणस्तरको लोगो पाउछ, बिद्यार्थीको सर्टिफिकेटमा पनि त्यो लोगो हुन्छ, त्यो लागो भएको सर्टिफिकेटलाइ देश बिदेशको जुनसुकै कलेजले पनि मान्यता दिने भएकाले बिद्यार्थीलाई बिदेशमा पढ्न जान पनि सहज हुन्छ,’ उनले भने ।

क्यूएए प्राप्तीका लागी सहयोग गरिदिन क्याम्पसले सबैलाइ आग्रह समेत गरेको छ । आयोगका टोलिले दिएको सुझाव अनुसार सुधार             गरिएका पक्षहरुको शनिवार प्रतिवेदन प्रस्तुत गरिएको छ ।

क्याम्पसको छैटौ साधारणसभाको अवसर पारेर क्याम्पस प्रमुख रामचन्द्र दवाडीले निरिक्षण टोलिले दिएको सुझावको आधारमा क्याम्पसले सम्पन्न गरेको भौतिक, शैक्षिक एवं संस्थागत कार्यहरुको प्रतिवेदन प्रस्तुत गरेका हुन् । उक्त कार्यका लागी भएको खर्च विवरण कोषाध्यक्ष शितलकाजी मास्केले प्रस्तुत गरे ।

क्यूएए क्ब्त् संयोजक कृष्ण प्रसाद पराजुलीले क्यूएएको बारेमा जानकारी  गराए । कार्यक्रममा क्याम्पसका पूर्व बिद्यार्थी समाजका अध्यक्ष इश्वरकाजी मास्केले स्वर्गिय पिता टेक बहादुर मास्के र माता  हरिमाया मास्केको नाममा २ लाख ११ हजार १ सय ११ रुपैयाको अक्षयकोष स्थापना गरेका छन् ।

बिद्यार्थीको छात्रवृत्तिका लागी अक्षयकोष स्थापना गरिएको उनले बताए । समाजका सदस्य नारायण खनालले एक थान कम्प्युटर सहयोग गरेका छन् । होटल मिराकलको तर्फबाट २४ थान भित्ते घडी प्राप्त भएको क्याम्पसले जनाएको छ ।

हेड्स नेपालका अध्यक्ष एवं पूर्व क्याम्पस प्रमुख दिलिप देवकोटाले विविएस प्रथम बर्षमा अध्ययनरत एक जना बिद्यार्थीलाइ बार्षिक सात हजार पाँच सय छात्रवृत्ति रकम उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।

क्याम्पस संचालक समितिका अध्यक्ष धिरज बहादुर मास्केको अध्यक्षतामा भएको सभामा क्याम्पसका संस्थापक सदस्य पुरुषोत्तम अर्याल, पूर्व क्याम्पस प्रमुख देवकोटा, गोरखा नगरपालिका वडा नम्वर ९ का सदस्य शसि बस्नेत, महालक्ष्मी माविका प्रधानाध्यापक चुडामणी काप्री,           गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष जीवनज्योती श्रेष्ठ, स्थानीय अभिभावक समिति संयोजक रोलक बहादुर थापा, आजिवन सदस्य मोहनलाल श्रेष्ठ, संचालक समिति सदस्य कल्पना कुवँर, प्राध्यापक संघका अध्यक्ष कुशललाल श्रेष्ठ, पूर्व बिद्यार्थी समाजका अध्यक्ष मास्के, स्ववियू सभापति प्रविन बस्नेत लगायतले धारणा व्यक्त               गरेका थिए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda