गोरखाका सिडिओ र सहायक सिडिओको सरुवा
गोरखाका सिडिओ र सहायक सिडिओको सरुवा
गोरखामा नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा सुरेन्द्र पौडेल आउने भएका छन् ।
आइतबार गृहमन्त्रालयले गोरखाका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी सहित देशभरका ३२ प्रजिअ र सहायक प्रजिको सरुवा गरेको हो ।
गृहमन्त्रालयमा कार्यरत पौडेल गोरखा सरुवा भएका हुन् भने गोरखामा कार्यरत प्रजिअ देवेन्द्र लामिछानेलाई कारागार व्यवस्थापन विभाग काठमाडौ सरुवा गरिएको छ ।
लामिछाने गत जेठ २ गते प्रजिअको रुपमा गोरखा आएका थिए । सहायक प्रमुख जिल्ला अधिकारी तुल्सीराम पौडेलको जिल्ला प्रशासन कार्यालय काठमाडौ सरुवा भएका छ ।
जिल्ला प्रशासन कार्यालय बाग्लुङका लुक बहादुर क्षेत्री सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा गोरखा आउने भएका छन् ।
