१३ दिनको काजक्रिया सात दिनमै
१३ दिनको काजक्रिया सात दिनमै
गोरखा नगरपालिका–४ फिनामका बुढाथोकी परिवारले मृत्यु संस्कार सात दिनमा सक्ने निर्णय गरेका छन् ।
हिन्दु परम्परा अनुसार १३ दिन सम्म चल्ने काजक्रियालाई सात दिनमा छोट्याउने निर्णय गरिएको वुढाथोकी परिवारले जनाएको छ ।
गत माघ १८ गते निधन भएकी आमा पवित्रा कुमारी बुढाथोकीको काजक्रिया आज सात दिनमै सक्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी सचिवालय सदस्य समेत रहेका जेठा छोरा सिताराम बुढाथोकीले बताए ।
‘१३ दिनको काजक्रिया वास्तवमाअव्यवहारिक पनि छ, त्यति दिनमा गर्ने सबै कर्म सात दिनभित्रै गर्न सकिने देखियो,’ उनले भने, ‘हामी पाँच दाजुभाई र चार दिदीवहिनीहरु बसेर अवका दिनमा सात दिनमै काजक्रिया सक्ने निर्णय गरेका हौ ।’