सिताके च्याउ खेती सम्बन्धी तालिम
सिताके च्याउ खेती सम्बन्धी तालिम
सिताके च्याउ खेती सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ ।
कृषि ज्ञान केन्द्रको आर्थिक सहयोगमा एस जी हिमालयन हर्वल तथा अर्गानिक फार्म प्रा.लि बारपाकको प्राविधिक सहयोगमा तालिम भएको हो ।तालिममा प्रत्यक स्थानीय तहबाट दुइ÷दुइ जना गरी कुल २२ जनाको सहभागीता रहेको फार्म संचालक शितल गुरुङले बताए ।
तालिमको सोमवार एक कार्यक्रमका बिच समापन गरिएको हो । सिताके च्याउ उत्पादनका लागी गोरखाको हावापानी उचित रहेको गुरुङले बताए ।
व्यवसायिक च्याउ खेती तर्पm आकर्षित गर्न कृषकहरुलाई तालिम दिएको उनको भनाइ छ । किसानहरुले उत्पादन गर्ने च्याउ फार्मले किन्ने भएकाले बजारको कुनै समस्या नरहेको उनले बताए ।
गुणस्तरिय बिउ उत्पादन गरी वितरण गर्ने योजना रहेको उनले जानकारी दिए । ‘अहिले जापान, भारत, चाइनाबाट बिउ ल्याउनुपरेको छ, अव यही बिउ उत्पादन गर्ने योजना बनाएको छु,’ उनले भने । हाल नुवाकोटमा सिताके च्याउ खेती गर्दै आएका गुरुङले यस बर्षबाट गोरखामा पनि खेती शुरु गर्ने बताएका छन् ।