दुई ताइवानी नागरिकलाई जिल्ला छोड्न निर्देशन
दुई ताइवानी नागरिकलाई जिल्ला छोड्न निर्देशन
गोरखामा दुई ताइवानी नागरिकलाई जिल्ला छाड्न निर्देशन दिएको छ । ‘बिजनेस भिषा’ मा आएका ३६ वर्षीय सिनचेङ मेङ र ‘पर्यटन भिषा’ मा आएका २३ वर्षीय ग्वान टिङलाई जिल्ला छोड्न निर्देशन दिउको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हर्कबहादुर रोकाले जानकारी दिए ।
‘उनीहरु गोरखा नगरपालिका ५ रोहटेपानीस्थित नेपाल मगर संघ भवनको दोस्रो र तेस्रो तल्लामा मासिक १५ हजार घरभाडा तिरेर बस्दै आएका थिए’ रोकाले भने ‘विगत पाँच वर्षदेखि अनाधिकृत रुपमा बस्दै आएका उनीहरुले ५ जना बालबालिकालाई चिनियाँ भाषा पढाउदै आएको खुलेको छ ।’
मेङले ताओ सस्थामार्पmत काठमाडौको नयाँ वानेश्वरमा होनछिन होटल संचालन गर्दै आए पनि गोरखा बसेर धर्म प्रचार गर्दै आएको रोकाले बताए । एउटा कामका लागि आएर फरक काममा लागेको पाएकाले जिल्ला छोड्न निर्देशन दिएको उनले जानकारी दिए ।