अपाङ्गता भएकालाई लक्षित गरी तालिम तथा पुर्नस्थापना भवन बन्यो
अपाङ्गता भएकालाई लक्षित गरी तालिम तथा पुर्नस्थापना भवन बन्यो
अपाङ्गता भएका व्यक्तिहरु लाइ लक्षित गरी गोरखा नगरपालिका–५ स्वाँरामा तालिम तथा पुर्नस्थापना भवन निर्माण भएको छ ।
एक करोड २० लाखमा भवन बनेको हो । जापानी राजदुतावास जिजिपी ग्रुपबाट ८८ लाख सहयोग प्राप्त भएको गोरखा नेत्रहीन संघका सचिव परशुराम भट्टले बताए । ‘बाँकी रकम गोरखा नगरपालिका, गण्डकी प्रदेश लगायतका अन्य सहयोगी दाताबाट हामीले जुटायौ,’ उनले भने ।
अपाङ्गता भएका व्यक्तिहरुलाई पुर्नस्थापना गर्न तालिम, क्षमता अभिवृद्धि र जिविकोपार्जन सम्बन्धी कार्यक्रमहरु संचालन गर्ने उदेश्यले भवन निर्माण गरिएको उनको भनाइ छ । भवनको बिहीवार गण्डकी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेतले उद्घाटन गरे ।
भवन निर्माणका लागी स्थानीय राम बहादुर बस्नेतले आठ आना जग्गा निशुल्क प्रदान गरेका हुन् । साढे दुइ तले भवनमा हल सहित ६ कोठा छन् ।
गोरखा नेत्रहीन संघका अध्यक्ष पवन कुमार वस्नेतको अध्यक्षता तथा मन्त्री बस्नेतको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा गोरखा नगर प्रमुख राजनराज पन्त, नेपाल नेत्रहीन संघका संघिय अध्यक्ष रमेश पोखरेल,राष्ट्रिय अपाङ्ग महासंघ नेपाल अनुशासन आयोगका संयोजक टेकनाथ न्यौपाने, राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेशका अध्यक्ष खोमराज शर्मा, वडा नम्वर ५ का अध्यक्ष रामकुमार थापा, वडा नम्वर ३ का अध्यक्ष राम बहादुर वोगटी, नेकपाकी नानुमाया थापा, राप्रपाका तुल बहादुर बस्नेत लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रमको अवसरमा जग्गादाता र भवन निर्माणमा सहयोग गर्ने सबैलाइ सम्मान गरिएको छ ।