खानेपानी सुरक्षाकोष स्थापना
खानेपानी सुरक्षाकोष स्थापना
गोरखा नगरपालिका वडा नम्वर ९ र १० का स्थानीयलाई लक्षित गरी निर्माणा भइरहेको खानेपानी आयोजना मर्मतका लागी खानेपानी सुरक्षाकोष स्थापना गरिएको छ ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखाबाट निर्माणाधिन टक्सारथानी गैरीछाप खानेपानी आयोजनाका लागी सुरक्षाकोष स्थापना गरिएको हो ।
उक्त खानेपानी तथा सरसफाइ उपभोक्ता समूहका सल्लाहकार रोलक बहादुर थापाका कान्छो छोरा उत्तम जंग थापाले बार्षिक एक लाख रुपैया निरन्तर जम्मा हुने गरी सुरक्षाकोष स्थापना गरेका हुन् । थापा हाल अमेरिकामा बस्दै आएका छन् ।
अक्षयकोषबाट आएको व्याजले आयोजनाको मर्मत गरिने बताइएको छ ।
उक्त आयोजनाबाट टक्सार, सिर्दि, गैरीछाप, नौविसे, चईनपुर, सातदोबाटो लगायतका ठाउँका करिव दुई सय भन्दा बढी घरधुरी लाभान्वित हुदै आएको समूहका सचिव सुजन कुवरले बताए ।
आयोजना निर्माणका लागी सल्लाहकार थापाले गोनपा–९ चिसापानी डाँडामा ६ आना जग्गा निशुल्क दान गरेका छन् ।