जौबारीमा ट्रयाक्टर दुर्घटना हुदा एक मृत्यु, दुई घाइते
जौबारीमा ट्रयाक्टर दुर्घटना हुदा एक मृत्यु, दुई घाइते
गोरखामा ट्रयाक्टर दुर्घटना हुदा एक जनाको ज्यान गएको छ भने अन्य दुइ जना घाइते भएका छन् ।
सिरानचोक गाउँपालिका–८ धन्सार स्थित जौवारीबाट चनौटै तर्फ जादै गरेको ग १ त ४६८२ नम्बरका ट्रयाक्टर शुक्रबार राती दुर्घटना हुदा दाङका २३ वर्षीय यज्ञ बहादुर भण्डारीको उपचारको व्रmममा ज्यान गएको डिएसपी बासुदेव खतिवडाले बताए ।
ट्रयाक्टरमा सवारी बारपाक सुलिकोट गाउँपालिका–६ का १९ वर्षीय सुमन अधिकारी र दाङका २९ वर्षीय सुभाष थापामगर घाइते भएका छन् ।
अधिकारी र मकरलाई थप उपचारका लागि नयाँ मेडिकल कलेज चितवन पठाएको खतिवडाले जानकारी दिए ।
ट्रयाक्टर सडकबाट करिब १० मिटर तल खसेको थियो ।