निशुल्क स्वास्थ्य शिविरमा दुई सय बढीले सेवा लिए
निशुल्क स्वास्थ्य शिविरमा दुई सय बढीले सेवा लिए
बिश्व महिला श्रमिक दिवसको अवसरमा गोरखा नगरपालिका–२ को कोखे आहाले शहरी स्वास्थ्य केन्द्रमा निशुल्क स्वास्थ्य शिविर तथा जनचेतना मूलक कार्यक्रम भएको छ ।
वडा कार्यालयको आयोजना तथा कार्यक्रम संयोजक इवरायिम मियाको सहयोगमा शनिवार भएको शिविरमा दुइ सय ५० जनाले सेवा लिएका छन् ।
६२ जनाले भिडियो एक्सरे सेवा, ७३ जनाले सुगर, ब्लड गु्रपिङ लगायतका ल्याव सेवा लिएका वडा कार्यालयले जनाएको छ ।
शिविरमा स्त्री तथा प्रजजन रोग सम्बन्धी सेवा लिने बढी भएको वडाध्यक्ष रमहतुल्ला मियाले बताए ।
शिविरमा गोरखा अस्पताल र भरतपुल अस्पतालका चिकित्सक हरुको सेवा दिएका थिए ।
वडाध्यक्ष मियाको अध्यक्षता तथा गोरखा नगरपालिकाकी उपप्रमुख बिना कुमारी श्रेष्ठको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा तिलक बहादुर वानिया, सञ्जु श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।
शिविरमा हेल्थ असिस्टेन्ट खुस्वु निशाले जनचेतना अभिवृद्धिका लागी कोरोना भाइरस सम्बन्धी सहजिकरण गरेकी थिइन् । दिवसको अवसरमा तीन दिन सम्म कार्यक्रम गर्ने वडाध्यक्ष मियाले बताए ।